दीक्षण समाचार
चरिकोट, मंसिर २०
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा चरिकोटमा अन्तरक्रिया सम्पन्न भएको छ । सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ भीमेश्वर नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा हिंसा विरुद्धको अभियान प्रभावकारी बनाइनुपर्ने, महिला सम्बन्धि बनेका कानुनहरुको प्रभावकारी कार्यान्वन गरिनु पर्ने, महिलाहरु आयआर्जनमा जोडिनुपर्ने, हिंसा विरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने, पीडितलाई न्यायको पहुँचमा स्थापित गराउने, हिंसा विरुद्ध बोल्नेलाई प्रोत्साहित गरिनुपर्ने सुझावहरु प्रस्तुत गरिएको छ ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षभर प्रभावकारी रुपमा सञ्चालन गर्न सकेमात्र हिंसा न्यूनीकरण हुने बताउनु भयो । २१ औँ शताब्दीलाई आधुनिक समय भनिए पनि महिला माथी १८ शताब्दीको झैँ हिंसा भईरहेकोले विकास र समृद्धिको लक्ष्य हासिल गर्न कठिनाई भएको सुनाउनु भयो । उहाँले महिला हिंसा सहेर बस्न नहुने र हिंसा विरुद्ध कानूनी उपचार खोज्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत शिशिर पौडेलले असमनताको चस्मा फुकालेर नफालेसम्म समाजमा हिंसा उन्मुलन हुन नहुने बताउनु भयो । मानिस आत्मानुशानमा रहने हो, भने मानिसले चाहेको जस्तो सभ्य र समृद्धि समाज निर्माण हुन समय नलाग्ने उहाँले बताउनु भयो । आत्म अनुशासनमा नरहनेलाई कानूनी उपचार गरिनु पर्ने उहाँको भनाई थियो ।
दोलखाका वरिष्ठ प्रहरी नायब निरीक्षक पुष्षा बिष्टले घर, कार्यालय र सार्वजनिक स्थल जताजतै महिला माथी अनेक प्रकृतिका हिंसा हुने गरेको भएपनि उजुरी कम पर्ने गरेको बताउनु भयो । हिंसा भएमा प्रमाणसहित उजुरी दिएमा पीडितलाई कानूनी सहयाता दिएर न्यायमा पहुँच स्थापनाका लागि प्रहरीले काम गर्ने उहाँले बताउनु भयो ।
आवाज नेपाल दोलखाका सिर्जना कार्कीले बोलीमा मात्र होइन, व्यवहारमा लैङ्गिक समानता कायम नभए सम्म समाजमा परिर्वतन सम्भव नहुने बताउनु भयो । उहाँले बोलीमा नारीलाई देवी हुन् भन्ने तर व्यवहारमा भने रुढिवादी पराम्परा र पितृ सत्तात्मक सोच पाल्नाले महिला माथी हिंसा अन्त्य हुन नसकेको बताउनु भयो । समाज परिवर्तनको बाधक तत्व र त्यसको स्रोत पहिचान गरी निर्मूल गर्नु पर्ने उहाँले सनाउनु भयो ।
Be the first to comment on "महिला हिंसा विरुद्ध चरिकोटमा अन्तरक्रिया सम्पन्न"