दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने

दीक्षण समाचार
चरिकोट, मंसिर १२
जिल्ला निर्वाचन व्यवस्थापन समिति दोलखाले मंसिर १५ गते १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । समितिको सोमबार सम्पन्न बैठकले मंसिर ४ गतकोे निर्वाचनमा स्वतन्त्र र निष्पक्ष मतदान नभएपछि मतदान रद्ध भएको केन्द्रमा निर्वाचन आयोगको निर्देशन अनुसार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मिति तय भएसँगै पुनः निर्वाचनको तयारी सुरु गरिएको बताउनु भयो । बैतेश्वर गाउँपालिका वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्र क, ख र ग मतदान केन्द्र, वडा नं. ६ को बैतेश्वर मावि मतदान केन्द्रको क, ख र गमा पुनः निर्वाचन हुने भएको छ । यस्तै तामाकोशी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र खमा पुनः निर्वाचन गर्न लागिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनु भयो । पुनः निर्वाचन हुन लागेको मतदान केन्द्रमा पहिलेको जस्तो त्रुटी दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा पारिन लागिएको छ ।

Shares

Be the first to comment on "दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने"

Leave a comment

Your email address will not be published.


*