चरिकोटः मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा भएको फर्जी मतदानबारे नेकपा एमाले दोलखाका ६ वटा पालिका कमिटीका अध्यक्षहरुले बिज्ञप्ती जारी गर्दै छानविन र पुन मतदानको माग गरेका छन् । उनीहरुले छुट्टाछुट्टै बिज्ञप्ती जारी गरी पुनः मतदानको माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।
एमाले बैतेश्वर गाउँपालिका कमिटीले वडा नम्बर १, २, ३ र ६ को, गौरीशंकर गाउँपालिका कमिटीले वडा नम्बर २ स्थित सेतीदेवी आधारभुत विद्यालय मतदान केन्द्रको पुनः मतदान गर्न माग गरेको छ । यस्तै मेलुङ गाउँपालिका कमिटीले वडा नम्बर ४ को जुके मावि मतदान केन्द्र तथा शैलुङ गाउँपालिकाको भुषाफेदा मतदान केन्द्र, तामाकोशी गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५ मा रहेका मतदान केन्द्रहरु तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर १ को बेगुम्पा मतदान केन्द्रको पून मतदान गराउन नेकपा एमाले का स्थानीय पालिका कमिटीहरुले निर्वाचन आयोग सँग माग गरेका छन् ।
Be the first to comment on "नेकपा एमाले दोलखाद्धारा पुन ः मतदान गर्न माग ्"