मतगणना सुरु गर भन्दै दोलखामा विरोध प्रदर्शन


दीक्षण समाचार
चरिकोट, मंसिर ५
दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु नभएपछि गठबन्धन दलले विरोध जनाएको छ । मतपेटिका गणना स्थलमा जम्मा गरिएको लामो समय बित्दा पनि मतगणना सुरु नगरिएको भन्दै गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुले मतगणना स्थल बाहिर नारावाजी लगाएर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले मतगणना सुरु गर, गठबन्धन जिन्दावाद, प्रतिक्रियावादीहरु होसियार भन्दै नारा लगाएका छन् । अहिले पनि प्रदर्शन जारी रहेको एक विद्यार्थी नेताले बताउनु भयो ।

Shares

Be the first to comment on "मतगणना सुरु गर भन्दै दोलखामा विरोध प्रदर्शन"

Leave a comment

Your email address will not be published.


*