दोलखा ःपरम्परादेखी घर–घरमा गएर फेरी लगाएर आफ्नो जीविकोपार्जन गर्ने दोलखा र रामेछापका जोगीहरुको फेरी लगाउने जोगीहरुको पेसा संकटमा पर्न थालेको छ । बुढापाकाहरुले यो पेशालाई निरन्तरता दिन नसक्ने तथा युवापुस्ताको यो पेशाप्रति अरुचिका कारण फेरी लगाउने पेशा संकटमा पर्न थालेको हो । जोगीहरु कात्तिक तथा चैत महिनामा रातिको समयमा घर–घरमा पुगेर मन्त्रोच्चारण गर्दै फेरी लगाउने गर्दछन् ।
रातभर फेरी लगाउने र भोलिपल्ट संकलित सिदा (जिन्सी तथा नगद) ले जीविकोपार्जन गर्ने गर्दछन् । जोगीले फेरी लगाएपछि रोगब्याधि नलाग्ने, भूतप्रेतले दुःख नदिने जस्ता समाजिक मान्यतारही आएको छ । आफूहरुले फेरीलगाउने पेशालाई पहिले–पहिले जीवन गुजारा गर्ने माध्यम बनाएकोमा अहिले त्यो अवस्था नरहेको दोलखाका मोहनबहादुर जोगीले बताउनु भयो । यो पेशालाई निरन्तरता दिन कतैबाट सहयोग नहुँदा चिन्ता लागेको उहाँको भनाई छ । यस्तै फेरी लगाएर जीविकोपार्जन गर्न समस्या हुन थालेपछि यो पेसा लोप हुन थालेको रामेछापका गणेशबहादुर जोगीको भनाई छ । सरकारी निकायबाट जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था होस् भन्ने जोगीहरुको चाहना रहेको उहाँले बताउनु भयो । राति फेरी लगाई विहान सिदा उठाउन आउने योगीलाई नाङ्लोमा धान, मकै, चामल, घिउ, कुभिन्डो फलाम, नून, बेसार, दाल, कालोकपडा , भेडाको उन, तरकारी, फलफूल, पानी लगायतका बस्तु राखि दियोमा बत्तिबाली दान गर्ने चलन रहिआएको छ ।
Be the first to comment on "फेरी लगाउने पेसा संकटमा"