चरिकोट (दीस–)ः नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखाको उत्तरी भेगका ग्रामिण सडकहरु कालोपत्र गर्ने अभियान चलाइने बताउनु भएको छ । घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा शनिबार बिगु गाउँपालिका–६ आलाम्पु पुग्नुभएका शिवाकोटीले दोलखाको उत्तरी भेगका सबै कच्ची सडकहरूलाई पक्की बनाउने अभियान नै सञ्चालन गरिने बताउनु भएको हो । अगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारहरूले जित हासिल गर्दा जिल्लामा विकासको रफ्तार बढ्ने उहाँको दाबी छ । “एमालेका उम्मेदवारहरूले जित हासिल गर्दा केन्द्र र प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्छ । एमालेको सरकार बन्यो भने मात्रै दोलखाको विकास निर्माणका कामलाई पूर्णता दिन र नयाँ कामको थालनी गर्न सकिन्छ ।” उम्मेदवार शिबाकोटीले भन्नुभयो, “एमालेले केन्द्रदेखि वडासम्मै ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियान सुरू गरिसकेको छ । यो विकास र समृद्धिको अभियान हो । यसलाई अगाडि बढाउन सबैको साथको खाँचो छ ।” एमालेको उम्मेदवार अपरिचित र विगतका सांसदले केही गरेनन् भन्ने आरोपमा सत्यता नभएको पनि शिबाकोटीले जिकिर गर्नु भयो । एमालेकै सांसदहरूको नेतृत्वमा दोलखाको समग्र विकास भएको दावी उहाँले पार्टी राजनीति र विकासको गतिविधिमा नवीन सोच स्थापित गर्न आवश्यक रहेको बताउनु भयो । सुनखानी –साङ्बा चक्रपथ बनाउने, सोरुङखोलाबाट खोपाचागु तर्ने पक्की पुल बनाउने, गाउँ–गाउँमा केन्द्रीय प्रशारणको विद्युत् पुर्याउनेलगायतका कामहरूको नेतृत्व अहिलेसम्म एमालेकै सांसदहरूले गरेको उहाँले बताउनु भयो । अझ धेरै कामहरूलाई पूर्णता दिन बाँकी रहेकाले दोलखामा एमालेकै नेतृत्व आवश्यक रहेकोमा उहाँको जोड थियो ।
सिंगटी उत्तरी क्षेत्रमा कालोपत्रे अभियान सञ्चालन गरिनेछ ः शिवाकोटी
Posted By: दीक्षण दैनिक १३ कार्तिक २०७९, आईतवार १७:४९
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "सिंगटी उत्तरी क्षेत्रमा कालोपत्रे अभियान सञ्चालन गरिनेछ ः शिवाकोटी"