दीक्षण समाचार
चरिकोट, असोज ११
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ दोलखामा खाद्यान्न सामाग्री वितरण गरिएको छ । समाजसेवी एवं बरिष्ठ इन्जिनियर आत्मकृष्ण श्रेष्ठले दिवंगत आफ्नो श्रीमती रूपा श्रेष्ठको नाममा स्थापना गर्नु भएको रूपा फाउण्डेसनले दशैँ मनाउन सहज होस्, भनेर ८५ घरपरिवारलाई सो सामाग्री वितरण गरेको हो ।
प्रतिपरिवार चामल १२ किलो, दाल एक किलो, चिउरा दुई किलो, तेल एक किलो र नुन एक पाकेट वितरण गरिएको रूपा फाउन्डेसनले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका घरपरिवारलाई मध्यनजर गरी दशैँ मनाउन सजिलो होस् भनी वडा विभिन्न व्यक्तिहरूको सहयोगमा खाद्य सामाग्री वितरण गरिएको समाजसेवी आत्मकृष्ण श्रेष्ठले बताउनु भयो ।
खाद्यान्न सामाग्री वितरण कार्यक्रममा वडाध्यक्ष स्टालिन श्रेष्ठ, राजकुलेश्वर आधारभुत विद्यालय व्यवस्थापन समितका अध्यक्ष अजय प्रधान, विद्यालय व्यवस्थापन समितका सल्लाहकार पुरुषार्थ श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
Be the first to comment on "दोलखा बजारमा खाद्यान्न सामाग्री वितरण"