नेपाली काँग्रेस दोलखाद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेद्वारहरु सिफारिस

भाद्र,१७
चरिकोट/ नेपाली काँग्रेस जिल्ला कार्यसमिति दोलखाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकोलागि केन्द्र समक्ष उम्मेद्वारहरु सिफारिस गरेको छ । शुक्रवार सम्पन्न बैठकले उम्मेद्वारहरुको नाम सिफारिस गरेको हो ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखा जिल्लामा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा खुल्ला तर्फ उम्मेद्वार बन्न एक महिला सहित सात जनाको सिफारिसस गरिएको नेपाली काँग्रेस दोलखाले बताएको छ । प्रतिनिधिसभा खुल्ला तर्फ उम्मेद्वार सिफारिस भएकाहरुमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य जिपछिरिङ लामा, केन्द्रिय सदस्यद्वय कुन्दन राज काफ्ले तथा अजय बाबु शिवाकोटी, वर्तमान पार्टी सभापती वर्मा लामा, पूर्व पार्टी सभापतीहरु ताराबहादुर कोइराला, रुद्रबहादुर खड्का तथा उद्धवराज काफ्ले रहेका छन् । यसैगरी खुल्ला महिला तर्फ लक्ष्मीकुमारी तामाङको नाम सिफारिस गरिएको छ ।

यस्तै समानुपातिक पुरुष तर्फ प्रभुराम श्रेष्ठ, पुस्कर कुमार खड्का तथा महिला तर्फ सुमित्रा न्यौपानेको नाम सिफारिस गरिएको नेपाली काँग्रेस दोलखाले बताएको छ ।

यस्तै प्रदेश सभा तर्फ प्रदेश सभा क कालागि खुल्ला तर्फ भवेन्द्र कार्की,विनिता अधिकारी, ताराकुमार खड्का तथा भुवन केसी सिफारिस भएका छन् । भने समानुपातिक पुरुष तर्फ शुक्रराज तामाङ, सुदर्शन कार्की, सोनाम शेर्पा,केदार राज सुनुवार तथा हस्तलाल लामा योञ्जन सिफारिस भएका छन् । महिला तर्फ रोचना उप्रेति, तारा थपलिया, लिलादेवी जिरेल तथा सुमित्रा तामाङ पाख्रिन सिफारिस भएका छन् ।

प्रदेश सभा ख कालागि खुल्ला तर्फ केशवराज चौंलागाईं, राकेश श्रेष्ठ, प्रभुराम श्रेष्ठ, सन्तोष पाण्डे, युधिष्टीर खड्का तथा कुलराज थापा सिफारिस भएका छन् । समानुपातिक पुरुष तर्फ चीत्रबहादुर कार्की,दावा शेर्पा, सीताराम ठकुरी,रामकुमार नेपाली र कविराज थामी तथा महिला तर्फ अनिता श्रेष्ठ, सुनिता नेपाली, मोतिमाया मोक्तान,उर्मीला कार्की तथा छिरिङडोल्मा शेर्पा सिफारिस भएको नेपाली काँग्रेस दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "नेपाली काँग्रेस दोलखाद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेद्वारहरु सिफारिस"

Leave a comment

Your email address will not be published.


*