दीक्षण समाचार÷ चरिकोट, –दोलखाका विगु गाउँपालिका वडा नं. ४ सिंगटी बजारमा कृषि उपज संकलन केन्द्र स्थापना भएको छ । यो सँगै स्थानीय स्तरमा उत्पादित कृषि सामाग्रीहरुको बजारीकरणमा सहजता मिल्ने भएको छ । अब तरकारी लगायतका कृषि उपजले बजार र मूल्य नपाउने चिन्ताबाट किसानहरुले मुक्त हुने अपेक्षा राखेका छन् । पहिले जस्तो कृषि सामाग्री बिक्री नभएर गाईभैँसीलाई खुवाउने वा खेर फाल्नुपर्ने अवस्था नआउनेमा व्यवासयिक किसानहरु आशावादी भएका छन् । केन्द्रमार्फत किसानले उत्पादन गरेको कृषि सामाग्री संकलन तथा बिक्री हुने भएपछि बजार र मूल्य खोज्दै किसानहरु धाउन नपर्ने भएको छ । किसानहरुको हितका लागि कृषि उपज संकलन केन्द्र स्थापना गरिएको गाउँपालिका कृषि शाखा प्रमुख उज्वलध्वज खड्काले बताउनुभयो । उहाँले पालिका भित्र उत्पादन भएका कृषि सामाग्रीको संकलन, भण्डारण तथा बजारीकरणको लागि केन्द्रको आवश्यकता र महत्व देखिएपछि सोही अनुसार केन्द्रको स्थापना गरिएको बताउनुभयो । उहाँले स्थानीय किसानलाई यस कार्यले हौसला र कृषिमा उर्जा थपिने आशा गरिएको सुनाउनुभयो । उहाँका अनुसार ग्रामीण विकास टुकी सँघ सँगको लागत साझेदारीमा स्थापना भएको केन्द्रमा २२ लाख खर्च भएको छ । गाउँपालिकाले बिउ देखि प्रविधिसम्म अनुदान सहयोग गरेर किसानलाई कृषिमा टिकाउने र युवालाई कृषिमा प्रोत्साहन गर्ने अभियान सञ्चालन गरिरहेको छ । जसको एउटै अभिष्ट गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने रहेको छ । तर कृषि सामाग्रीको उत्पादन भएपनि बजारीकरणको समस्या कायमै रहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्ने र किसानको उत्पादन खेर जाने अवस्थाको अन्त्य गर्ने उद्धेश्य अन्तर्गत कृषि उपज संकलन केन्द्र एउटा कार्य भएको कृषि शाखा प्रमुख खड्काले बताउनुभयो । “केन्द्र निर्माण गरी किसानलाई कृषि बजारीकरणको लागि सहज बनाउने प्रयास गरेका छौँ । यसले किसानमा उत्साह छाएको छ ।” उहाँले भन्नुभयो । केन्द्र सञ्चालनसँगै सिंगटीमा बन्द रहेको हाट बजार सञ्चालनमा समेत किसानहरुको सक्रियता बढ्ने अपेक्षा गरिएको छ ।
दोलखाको सिंगटीमा कृषि उपज केन्द्र निर्माण सम्पन्न
Posted By: दीक्षण दैनिक २२ श्रावण २०७९, आईतवार १५:००
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "दोलखाको सिंगटीमा कृषि उपज केन्द्र निर्माण सम्पन्न"