दीक्षण समाचार
चरिकोट, साउन १५
दोलखाको गौरीशंकर गाउँपालिकाले वडा नं. ५ भोर्लेमा सेवा केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको तल्ला क्षेत्रका नागरिकलाई सहज रुपमा पालिकाको सेवा उपलब्ध गराउने उद्धेश्य सहित स्थापित केन्द्रको आइतबार उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले सेवा केन्द्रको उद्घाटन गर्दै तल्ला भेगका नागरिकलाई सेवा प्राप्त गर्नका लागि गाउँपालिकाको मुख्य कार्यालयसम्म आउन नपर्ने गरी केन्द्रको स्थापना गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त, दुरुस्त, सहज र प्रभावकारी बनाउनका लागि सेवा केन्द्र महत्वपूर्ण हुने बताउँदै केन्द्रबाट पालिकाको सम्पूर्ण सेवा उपलब्ध हुने बताउनुभयो । सेवा केन्द्रबाट साताको आइतबार र सोमबार सेवा प्रवाह गरिने र यसबाट पालिकाको चंखु, मार्बु र खारेका नागरिक लाभान्वित हुने छन् । पालिकामा नयाँ जनप्रतिनिधि आएपछिको पहिलो कार्यापालिका बैठकले सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई अहिले कार्यान्वयन गरिएको हो ।
Be the first to comment on "गौरीशंकर गाउँपालिकाको भोर्लेमा सेवा केन्द्र स्थापना"