ईश्वर बिश्वकर्मा
चरिकोट, असार १०
दोलखाको बैतेश्वर गाउँपालिकाले गाउँ सभा समक्ष आगामी आर्थिक वर्षको नीति, कार्यक्रमसँगै बजेट पेश गरेको छ । पालिका उपाध्यक्ष कल्पना उप्रेतीले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रमसँगै ५५ करोड चार लाख ३० हजार बराबरको अनुमानित बजेट सभामा पेश गर्नुभएको हो । पालिकाले पूर्वाधार विकास तर्फ १० करोड ६० लाख, सामाजिक तथा सुशासन विकास तर्फ ७ करोड ३६ लाख ३० हजार, आर्थिक विकास तर्फ ४ करोड बैसठ्ठी लाख, संस्थागत विकास तथा सेवा प्रवाह तर्फ ७ करोड ८० लाख, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ४९ लाख १६ हजार बजेट विनियोजन गरेको छ । पालिकाले कृषि, शिक्षा, स्वास्थ्य रोजगार लगायत भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्ने गरी बजेट विनियोजन गरेको पालिका उपाध्यक्ष उप्रेतीले बताउनुभयो ।
Be the first to comment on "बैतेश्वर गाउँपालिकाले ल्यायो ५५ करोड बजेट"