ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २८
दोलखाको सदरमुकाम चरिकोटमा योगदान दिवसको अवसरमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा योगदान राष्ट्रको लागि जिल्ला कार्यसमितिले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमअन्तर्गत समितिका पदाधिकारी, ट्राफिक प्रहरी, यातायात व्यवसायीसहितको ¥यालीले बजार परिक्रममा गरेको थियो । उक्त ¥याली सातदोबाटोमा आई कोण सभामा परिणत भएको थियो । सभामा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले नाम अनुसारको काम गर्ने योगदान राष्ट्रको लागि संस्थाको प्रशंसा गर्दै उद्धेश्य र नाम अनुसार सदैव सक्रिय हुन अनुरोध सहित आफ्नोतर्फबाट सहयोग गर्ने सुनाउनुभयो ।
वर्षेनी सडक तथा सवारी दुर्घटनाले जनधनको क्षति भईरहेको अवस्थामा सोको न्यूनीकरण गर्न उद्धेश्यले आयोजना गरिएको कार्यक्रम उपलब्धिमुलक रहेको बताउनुभयो । अधिकांश दुर्घटना सवारी चालकको लापरबाहीले हुने गरेको र त्यसबाट यात्रुले अकालमा ज्यान गुमाउनुपरेको छ । अब त्यस्तो हुन नदिन चालकले सावधानी अपनाउनपर्ने उहाँले बताउनुभयो । ”दुर्घटनाको कारणमध्ये पहिलो कारण चालकको लापरबाही नै हो ।’ उहाँले भन्नुभयो ”यदि चालकको पूर्ण रुपमा ट्राफिकको पालना गर्ने हो, भने सवारी दुर्घटना हुँदैन । त्यसैले दुर्घटना हुन नदिन चालकमा निर्भर रहन्छ । यद्यपि यात्रुहरु पनि सचेत हुनपर्छ ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले दुर्घटना न्यूनीकरणको लागि अनवरत रुपमा हरप्रयास गरिएपनि दुर्घटना नरोकिएको बताउनुभयो । जिल्लमा दुर्घटना सम्बन्धि तथ्याङ्क प्रस्तुत गर्नुहुँदै प्रमुख पुरीले मानवीय त्रुटी, जोखिमपूर्ण सडक र यान्त्रिक खराबीका कारण दुर्घटना हुने गरेको बताउनुभयो। त्यसमा पनि मानवीय त्रुटीका कारण अधिकांश दुर्घटना भएको छ । अब मानवीय त्रुटी हुन नदिनको लागि सचेतनालाई जोड दिइएको उहाँले बताउनुभयो । त्यसैगरी जोखिमपूर्ण सडकहरु पहिचान गरी स्तरोन्ती गर्नुपर्ने र सडकहरु खन्दा बैज्ञानिक तवरबाट निर्माण हुनपर्ने उहाँको भनाई थियो ।
उहाँका अनुसार आब २०७५÷०७६ मा २२ वटा सवारी दुर्घटना भएकोमा २६ जनाको मृत्यु, ९३ जना घाइते भएका थिए । आब २०७६÷०७७ मा १९ वटा सवारी दुर्घटना भएकोमा १२ जनाको मृत्यु र ४९ जना घाइते भएका थिए । आब २०७७÷०७८ मा ४५ वटा सवारी दुर्घटना हँदा १२ जनाको मृत्यु र ९३ जना घाइते भएका थिए । दुर्घटनामा बालबालिका, युवा र वृद्धावस्थाका यात्रुहरुको मृत्यु र घाइते भएका छन् । उहाँले दुर्घटना हुनुको प्रमुख जिम्मेवार चालक हुने र उसले सवारी चलाईरहेको बेला सधैँ ट्राफिक नियमको पालना गरी सचेत र सावधानी अपनाएमा दुर्घटना नहुने बताउनुभयो ।
संस्थाका केन्द्रीय सदस्य तख्त जिरेलले योगदान दिवसको अवसरमा दुर्घटना न्यूनीकरणको उद्धेश्यले सचेतना कार्यक्रम गरिएको र यसको प्रभावले दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको सुनाउनुभयो । उहाँले सडक दुर्घटना हुन नदिन सवारी चालक, यात्रु, पदैल यात्रु र ट्राफिक प्रहरीको भूमिका जिम्मेवारी हुने कुरा स्मरण गराउनुभयो । मुनाफारहीत जनहितकारी संस्था योगदान राष्ट्रको लागिले प्राथमिक उपचार, प्राकृतिक प्रकोपबाट बच्ने उपायको तालिम सञ्चालन गर्ने, दैनिक जीवनमा आइपर्ने समस्याहरुको समाधानमा सहयोग गर्ने, राष्ट्रलाई आइपर्ने महामारी, भवितव्य आपतकालीन समस्यासँग जुध्न प्रशिक्षित जनशक्ति तयार गर्ने गर्दछ ।
Be the first to comment on "दोलखामा दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न"