बाबुराम शर्मा (चरिकोट) – युवाको रुपमा धेरै अनुभव बटुलेर पहिलो पटक दोलखाको कालिञ्चोक गाउँपालिका साझा गठबन्धनका तर्पmबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएका अर्जुनप्रसाद शिवाकोटीले सरकारबाट आपूmले पाउने सेवा सुविधाको रकम कोष खडा गरेर पालिकावासीको हितमा खर्च गर्ने बताउनु भएको छ ।अघिल्लो स्थानीय सरकारले तोक्न नसकेको पालिका केन्द्र बहुमत जुटाएर केन्द्र विवाद टुङग्याई पालिका भवन निर्माण गर्ने वातारण मिलाउने छु । उहाँले भन्नु भयो, “अपूरा विकासे काम सम्पन्न गर्दै गाउँपालिकालाई समृद्ध बनाउन लागिपर्ने छु । गाउँपालिका प्रमुखलाई राज्यबाट प्राप्त हुने रकम आफ्नो व्यक्तिगत काम उपयोग नगरी सामाजिक सेवामा समर्पण गर्ने अठोट लिएको छु । सो अनुसारको रकम कोष खडा गरी यसबाट महिला, बालबालिका, ज्येष्ठजनलगायतमा आवश्यकता हेरी खर्च गर्ने व्यवस्था मिलाउने छु ।
कृषि, स्वास्थ्य र शिक्षामा केन्द्रित रहेर सामुदायिक कृषि प्रणालीको अवधारणालाई अगाडि बढाई युवालाई विदेश पलायन हुनबाट रोक्ने वातावरण सिर्जना गर्नेछु । समूह बनाएर अर्गानिक खेतीमा जोड दिन लगाउने जानकारी दिँदै अध्यक्ष शिवाकोटीले भन्नु भयो, “भौगोलिक अनुसारको खेतीमा जोड दिइने छ । उत्पादित वस्तुको बजारीकरणको व्यवस्था पालिकाले मिलाउने छ ।
पालिकामा रहेको सिँगटी अस्पतालालई व्यवस्थित बनाई सर्बसाधारणको पहुँच हुने गरी स्वास्थ्य सेवा प्रदान गरिने छ ।” गुणस्तर शिक्षाका लागि विद्यार्थी कम भएका विद्यालयहरुको मर्च गरी अनुगमनका साथै कडा निगरानीमा गुणस्तरीय शिक्षामा जोड दिइने उहाँको भनाइ रहेको छ । गाउँपालिका विवादित हुँदा प्राप्त झण्डै पाँच अर्बभन्दा धेरै बजेट अघिल्लो नेतृत्वले बालुवामा पानी खन्याएझै दुरुपयोग गरेको छ ।
उहाँले भन्नु भयो, “आफूहरुको प्राथमिकता भनेकै शुसासन , पारदर्शीता र दीर्घकालीन विकास हुने छन् । विकासको पूर्वाधार मानिएको सडकसञ्जाल प्रत्येक वडामा र त्यपछि गाउँगाउँमा पु–याउने पनि अठोट लिएको छु । पालिका भित्रका रणनीतिक सडक योजनाबाहेक अन्य ट्रयाक खोलिएकामा ढलान गर्ने व्यवस्था मिलाइने छ । जनताको मागलाई ध्यानमा राखेर आउने बजेटभन्दा बढी रकम भित्रयाउने छु ।
दुई तिहाई स्पस्ट बहुमत बोकेर गाउँपालिकालाई अन्योलताको खाडलमा हालेको भन्दै अघिल्लो नेतृत्वमा रहेका व्यक्ति र उनीहरु आवद्ध दललाई बहिस्कार गर्न स्थानीयहरु उत्साहित देखिएका छन् । समृद्ध कालिञ्चोक निर्माणका लागि गठबन्धनका थुप्रै योजना रहेकाले सबै योजना कार्यान्वयन गरी कालिञ्चोकलाई मुलुककै नमुना गाउँपालिका बनाउने प्रतिज्ञा लिएको छु ।
Be the first to comment on "तलव भत्ता कोष बनाएर पालिकाको हितमा खर्च गर्छु ःअध्यक्ष शिवाकोटी"