बाबुराम शर्मा (चरिकोट) – घरपरिवारको हेलासँगै सरकारले पनि बेवास्ता गरेको दोलखाली ज्येष्ठजनहरुले गुनासो गर्नु भएको छ ।सरकारले ज्येष्ठ नागरिकप्रति कानुनमा गरेको व्यवस्था कागजको खोस्टा झैँ हुन पुग्दा सुविधा त छोडौँ प्राप्त तनाबलाई पन्छाएर मन बहकाउने ठाउँसम्म पनि नपाएर गुनासो गर्नु परेको ज्येष्ठजन दुर्गाप्रसाद उप्रेतीले बताउनु भयो । वृद्ध हुँदै जाँदा बालक झैँ पनि भइँदो रहेछ । उहाँले भन्नु भयो, “एकोहोरो सोचाइको यो अवस्था कसैले नबुझने रहेछन् । घरपरिवारले यो अवस्था बुझेर व्यवहार गरिदिए तनाब अलि कम हुने थियो । त्यस्तो त पटक्क हुने रहेनछ । रातभरिको तनाब कम गर्न घरबाहिर निस्किए पनि बस्ने ठाउँ नहुँदा झन तनाब बढ्ने गरेको छ । लोकतन्त्र गणतन्त्र आयो घरआँगनको सरकारले त केही गरिदिन्छ कि जस्तो लागेको थियो । यो त आकाशको फल आँखा तरी भर भने झैँ पो हुँदो रहेछ । अति नै बेवास्ता छ । बस्ने ठाउँसम्मको व्यवस्थाका लागि सरकारलाई हदैसम्म गुहारियो । काने बतास लगाएपछि आफैँ चुप लाग्नु पर्ने रहेछ । भूकम्पले पनि हामीलाई नै दुःख दियो । ”उहाँले दुःखेसो पाख्दै भन्नु भयो, “यहाँको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिले निर्माण गरिदिएको प्रतीक्षालय पनि भत्किएपछि बिजोग बनिएको छ । टेक्ने अडिने ठाउँ भएन । मनका वेदना आदान प्रदान गरी मन बहकाउने थलो नहुँदा सारै चिन्तित छौँ ज्येष्ठजन । आवागमन र स्वास्थ्योपचारमा सहजका लागि गाउँबाट पनि चरीकोटमा ज्येष्ठजन आउनु भएको छ । अर्का ज्येष्ठजन पे्रमबहादुर कार्कीले भन्नु भयो,“ सदरमुकाममा त ज्येष्ठजनका लागि बस्ने ठाउँ, शौचालय, पानीको व्यवस्था र मनोरञ्जन गर्ने साधन हुनुपर्ने हो । तब न ज्येष्ठजनप्रतिको सम्मान ठहरिन्छ । कागजमा भएर के गर्नु ? व्यवहारमा भए पो हुन्छ । हामी त राम्रो व्यवहारका भोका छौँ । मानिसको आवतजावत भइरहने सातदोबाटोमा बसेर हेर्ने, मन बहलाउने स्थल नहुँदा हामी चारै चिन्तित छौँ । उहाँले भन्नु भयो, सरकारले बनाइदिनुको सट्टा हामीलाई र आउने जानेलाई पनि हुन्छ भनेर सबैको सहयोगमा बनाइएको पिउने पानीको लाइन समेत काटिदियो । सामाजिक सुरक्षा भत्ता सञ्चित गरी हामीले पाँच÷पाँच सय र यहाँका केही व्यसायीको समेतको सहयोग र देउसी खेलेर जम्मा गरेको करिब २१ हजार रुपियाँमा ट्याङकी राखिएको हो । मर्मतका लागि पनि केही रकम बचाइएको छ । पानी समेत प्रयोग गर्न पाइएन । हामी बाबुआमा नभएका टुहुरा झैँ बनेका छौँ । ज्येष्ठजनका लागि सहज खालको बस्ने ठाउँ, पिउने पानी र शौचालयको व्यस्था गरी ज्ेष्ठजनप्रति सम्मान देखाइदिन सरकारलाई आग्रह गर्दछौँ । यी सुविधा भए मनोरञ्जनका साधान त हामी आफैँ जुटाउँछौँ । एक पटक यति व्यस्था भए भाबी ज्येष्ठजनलाई पनि हुने थियो ।
सरकारको बेवास्ता प्रति ज्येष्ठजनकोे गुुनासो
Posted By: दीक्षण दैनिक २० जेष्ठ २०७९, शुक्रबार १३:२०
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "सरकारको बेवास्ता प्रति ज्येष्ठजनकोे गुुनासो"