दोलखाका स्थानीयतहलाई ३ अर्व ५२ करोड ८६ लाख वजेट विनियोजन

चरिकोट(दीस) – अगामी आर्थिक वर्ष २०७९÷०८० को लागि संघिय सरकारले दोलखाका स्थानीय तहलाई ३ अर्व ५२ करोड ८६ लाख वजेट विनियोजन गरेको छ । दोलखाका ९ वटा स्थानीय तहलाई सरकारद्धारा चालु तर्फ ३ अर्व १७ करोड ५४ लाख र पुँजीगत तर्फ ३५ करोड ३२ लाख बजेट विनियोजन भएको छ । दोलखामा सबैभन्दा बढी भीमेश्वर नगरपालिका र कम विगु गाउँपालिकालाई बजेट विनियोजन भएको छ । भीमेश्वर नगरपालिकाको लागि चालु तर्फ ४९ करोड ४६ लाख र पुँजीगत तर्फ ६ करोड ८८ लाख गरी ५६ करोड ३४ लाख, जिरी नगरपालिकाको लागि चालु तर्फ ३१ करोड ५५ लाख पुँजीगत तर्फ ४ करोड ६७ लाख गरी ३६ करोड २२ लाख रकम विनियोजन भएको छ । यसैगरी कालिन्चोक गाउँपालिकाको लागि चालु तर्फ ४० करोड ६१ लाख पुँजीगत तर्फ २ करोड ९६ लाख गरी ४३ करोड ५७ लाख, गौरीशंकर गाउँपालिकाको लागि चालु तर्फ ३२ करोड ६७ लाख पुँजीगत तर्फ ४ करोड ९२ लाख गरी ३७ करोड ६८ लाख रकम विनियोजन भएको छ । यस्तैगरी तामाकोशी गाउँपालिकाको लागि चालु तर्फ ३४ करोड ९३ लाख पुँजीगत तर्फ २ करोड ६ लाख गरी कुल ३६ करोड ९९ लाख, वैतेश्वर गाउँपालिकाको लागि चालु तर्फ ३२ करोड ३७ लाख पुँजीगत तर्फ ३ करोड ५८ लाख गरी कुल, ३५ करोड ९५ लाख, मेलुङ गाउँपालिकाको लागि चालु तर्फ ५५ करोड ३१ लाख पुँजीगत तर्फ ३ करोड ८ लाख गरी ३६ करोड ३९ लाख, विगु गाउँपालिकाको लागि चालु तर्फ ३० करोड ९३ लाख पुँजीगत तर्फ २ करोड ७ लाख गरी कु्ल ३३ करोड र शैलुङ गाउँपालिकाको लागि चालु तर्फ ३१ करोड ६२ लाख पुँजीगत तर्फ ५ करोड १० लाख गरी कुल ३६ करोड ७२ लाख रकम विनियोजन गरिएको छ । सरकारले स्थानीय तहलाई समानिकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शिर्षकमा बजेट विनियोजन गर्ने गरेको छ।

Shares

Be the first to comment on "दोलखाका स्थानीयतहलाई ३ अर्व ५२ करोड ८६ लाख वजेट विनियोजन"

Leave a comment

Your email address will not be published.


*