चरिकोट (बाबुराम शर्मा) । राजनीतिक दलहरुको गठबन्धनका कारण दोलखामा स्थानीय तह निर्वाचन २०७९ मा महिलाको प्रतिनिधित्व खुम्चिएको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये राजनीतिक दलहरुको गठबन्धनका कारण दुई वटा स्थानीय तहमा महिला प्रतिनिधित्व गुमेको बताइएको छ । संविधानले प्रमुख र उपप्रमुखमध्ये एकमा अनिवार्य महिलाको हक सुनिश्चित गरे तापनि गठबन्धनले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उठाए पछि महिला सहभागिता खुम्चिएको हो । जिल्लाको कालिञ्चोक गाउँपालिका र गौरीशङकर गाउँपालिकाको प्रमुख र उप प्रमुख दुवै पदमा पुरुषको मात्र प्रतिनिधितव भएको छ । कालिञ्चोक गाउँपालिकामा गठबन्धनका नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा कुल बहादुर बुढाथोकी (रोशन) र नेकपा एमालेबाट कविता थामी चुनाी मैदानमा हुनु हुन्थ्यो थियो । कविता थामी पराजित भएपछि अहिले कुल बहादुर बुढाथोकी उपाध्यक्ष हुनु भएको छ । त्यस्तै गौरीशङकर गाउँपालिकामा गठबन्धन अन्र्तगत नेपाली काँग्रेसबाट उपाध्यक्षमा श्यामसुन्दर तामाङ र नेकपा एमालेबाट मुना शिवाकोटी उम्मेदवार बन्नु भएको थियो । अहिले मुना शिवाकोटी पराजित भएपछि श्यामसुन्दर तामाङ उपाध्यक्ष हुनु भएको छ । गठबन्धनबाट उम्मेदवार बन्नु भएका मेलुङ गाउँपाकिामा भक्त तमाङ र शैलुङ गाउँपालिकामा दावादोर्जे लामा पराजित भएपछि क्रमशः नेकपा एमालेका गायत्री आचार्य र पार्वती थापा विजय भएपछि महिलाको प्रतिनिधित्व खुम्चिनबाट बचेको हो । गत २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि गठबन्धनकै कारण दोलखामा नौ जनामध्ये उपाध्यक्ष दुई जना पुरुष उपाध्यक्ष चयन भएको थियो । बिगु गाउँपालिकामा नेकपा माओवादी केन्द्रका सञ्जीव ओली र वैतेश्वर गाउँपालिकामा रविचन्द्र आचार्य निर्वाचित हुनु भएको थियो ।
खुम्चियो महिलाको प्रतिनिधित्व
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १८ जेष्ठ २०७९, बुधबार १३:४७
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "खुम्चियो महिलाको प्रतिनिधित्व"