नयाँ जनप्रतिनिधिलाई स्वागत, पूरानालाई बिदाइ

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ १५
दोलखाका नवनिर्वाचित जनप्रतिनिधि स्वागत तथा कार्यकाल सम्पन्न भएका निवर्तमान जनप्रनिधिहरुलाई बिदाइ गरिएको छ । जिल्ला समन्वय समिति दोलखाले आइतबार एक कार्यक्रमको आयोजना गरी पाँच वर्षका लागि निर्वाचित नयाँ जनप्रतिनिधिलाई स्वागत, बधाई तथा शुभकामना प्रदान र पूराना जनप्रतिनिधिलाई कामको प्रशंसा गर्दै बिदाइ गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरुले निवर्तमान जनप्रतिनिधिहरुलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पाँच वर्षे कार्यकालमा नयाँ सोच र नयाँ योजनाका साथ जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । निवर्तमान जनप्रतिनिधिहरुले २०७४ मा निर्वाचित भएर आएपछि थुप्रै विकास कार्य सम्पन्न गरेको र विकासको जग बसाएको उल्लेख गरेका थिए । नवनिर्वाचित जनप्रतिनिधिहरुले अधुरा र अपुरा कामहरुलाई निरन्तरता दिई आ–आफ्नो पालिकालाई समृद्ध बनाउनुपर्ने जोड दिएका थिए । जिल्ला समन्वय समितिका प्रमुख पाण्डेले मन्तव्य व्यक्त गनुहुँदै नवनिर्वाचित जनप्रतिनिधिहरुले पूराना जनप्रतिनिधिबाट ज्ञान, सीप र अनुभव प्राप्त गरी आफ्ना कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। सोही उद्धेश्यका निम्ति पनि यो कार्यक्रम आयोजना गरिएको उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "नयाँ जनप्रतिनिधिलाई स्वागत, पूरानालाई बिदाइ"

Leave a comment

Your email address will not be published.


*