दीक्षण समाचार
चरिकोट, जेठ १५
दोलखा कारागारमा विभिन्न अपराधिक गतिविधिमा संलग्न भई सजाय भोगिरहेका दुई जना कैदीबन्दीलाई रिहा गरिएको छ । १५ औँ गणतन्त्र दिवसको अवसरमा सरकारले कैदीबन्दीको कैद सजाय मिनाहा गर्ने निर्णय गरेसँगै दोलखा कारागारमा रहेका दुई पुरुष कैदीबन्दीलाई रिहा गरिएको हो । कर्तव्य ज्यान सम्बन्धी मुद्धामा कारागारमा कैद भुक्तान गरिरहेका कालिञ्चोक गाउँपालिका वडा नं. १ का आषिश थामी र तामाकोशी गाउँपालिका वडा नं. ५ का धुव्रकुमार खड्कालाई रिहा गरिएको कारगार प्रशासनले जनाएको छ । गणतन्त्र दिवसमा असलचालन भएका कैदीबन्दीहरुको कैद सजाय मिनाहा गर्ने सरकारको परम्परा अनुसार यो वर्ष दोलखामा दुई जना मात्र कैदीबन्दीको सजाय मिनाहा भएको हो । दोलखाबाट तीन जना कैदीबन्दीको नाम सिफारिस गरिएको भएपनि सरकारले दुई जनाको मात्र कैद सजाय मिनाहा गरिएको कारागारका जेलर पदम केसीले बताउनुभयो ।
Be the first to comment on "दोलखा कारागारका दुई कैदीबन्दी रिहा"