ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ १४
दोलखामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनेका ४ सय २ जनाको १० प्रतिशत भन्दा कम मत प्राप्त हुँदा जमानत जफत भएको छ । बैशाख ३० को स्थानीय निर्वाचनका लागि जिल्लाको नौ वटै पालिकामा विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका एक हजार तीन सय ३८ जना मध्ये १० प्रतिशत पनि मत प्राप्त नगरेपछि ४ सय २ जनाले जमानत जोगाउन नसकेका हुन् ।
विभिन्न पदका लागि निर्वाचनमा उठेका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्तााका क्रममा निर्वाचन आयोगमा जम्मा गरेको रकम उम्मेदवारले १० प्रतिशत भन्दा कम मत प्राप्त गरेमा स्वतः सहकारीकरण भएको हो । पालिका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाध्यक्ष, दुई खुला सदस्य, दुई महिला (एक दलितसहित) सदस्य पदमा उम्मेदवारी दिएकाहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
कालिञ्चोक गाउँपालिकामा २८, गौरीशंकर गाउँपालिकामा ५०, जिरी नगरपालिकामा २१, तामाकोशी गाउँपालिकामा ४७, भीमेश्वर नगरपालिकामा ५९ जनाको जमानत जफत भएको हो । त्यस्तै, मेलुङ गाउँपालिकामा ५६ जना, विगु गाउँपालिकामा ४३, बैतेश्वर गाउँपालिकामा ४२ र शैलुङ गाउँपालिकामा ५६ जनाको जमानत जोगिन नसकेको हो ।
पालिका अध्यक्ष÷प्रमुखमा ७३ जना उम्मेदवार रहेकोमा ५३ जनाको जमानत जोगिन सकेन । कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा १० जना उम्मेदवार रहेकोमा ८ जना, गौरीशंकर गाउँपालिकामा ८ जनामध्ये ६, जिरी नगरपालिकामा ४ जना प्रमुखको उम्मेदवारमध्ये १, तामाकोशी गाउँपालिकामा ६ जना अध्यक्षको उम्मेदवार रहेकोमा ४, भीमेश्वर नगरपालिकामा ८ जना प्रमुखको उम्मेदवारमध्ये ६, मेलुङ गाउँपालिकामा १० जना उम्मेदवार रहेकोमा ८ जनाको जमानत जफत भएको छ । विगु गाउँपालिकामा ११ जना उम्मेदवारमध्ये ९ जनाको, बैतेश्वर गाउँपालिकामा ८ जना उम्मेदवार रहेकोमा ५ जनाको, शैलुङ गाउँपालिकामा ८ मध्ये ६ जना उम्मेदवारको जमानत जफत भएको छ ।
उपाध्यक्ष÷उपप्रमुख पदका ३७ मध्ये १७ जना उम्मेदवारको जमानत जफत भएको छ । कालिञ्चोक गाउँपालिकामा ३ जनामध्ये १ जना, गौरीशंकर गाउँपालिकामा ३ मध्ये १ जना, जिरी नगरपालिकामा ५ जना उम्मेदवारमध्ये ३ जना, तामाकोशी गाउँपालिकामा ४ जना उपाध्यक्षको उम्मेदवार रहेकोमा २ जनाको जमानत जफत भएको छ । त्यसैगरी भीमेश्वर नगरपालिकामा ५ जना प्रमुखको उम्मेदवार मध्ये ३ जनाको, मेलुङ गाउँपालिकामा ६ जनामध्ये ३ जना उपाध्यक्षका उम्मेदवारको जमानत जफत भएको छ । विगु गाउँपालिकामा ३ जना उम्मेदवारमध्ये १ जनाको, बैतेश्वर गाउँपालिकामा ३ मध्ये १ जना र शैलुङ गाउँपालिकामा ५ उम्मेदवारमध्ये ३ जनाको जमानत जोगिन सकेन ।
३ सय ४८ जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दिएकोमा १ सय ६५ जनाको जमानत जोगिएन । जसमा कालिञ्चोक गाउँपालिकामा ३१ जनामध्ये ९ जना, गौरीशंकर गाउँपालिकामा ५९ जनामध्ये ३५ जना, जिरी नगरपालिकामा ३१ जनामध्ये १० जना वडाध्यक्षका उम्मेदवारको जमानत जफत भएको हो । तामाकोशी गाउँपालिकामा ३६ जनामध्ये १९ जना, भीमेश्वर नगरपालिकामा ३९ जनामध्ये १८ जना, मेलुङ गाउँपालिकामा ३९ मध्ये २२ जना, विगु गाउँपालिकामा ३४ जनामध्ये १२ जना, बैतेश्वर गाउँपालिकाका ३७ मध्ये १७ जना र शैलुङ गाउँपालिकाको ४२ मध्ये २३ जनाको जमानत जोगिन सकेन । जिल्लामा खुल्ला सदस्य पदका ४ सय ६५ मध्ये ९८ जना, महिला सदस्य २ सय २० मध्ये २४ जना र १ सय ९५ मध्ये २७ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
प्रखुम÷अध्यक्ष र उपप्रमुख÷ उपाध्यक्षको उम्मेदवारले १ हजार ५ सय, वडाध्यक्षको उम्मेदवारले १ हजार, खुल्ला सदस्य उम्मेदवारले ५ सय, महिला दलित सदस्य पदका उम्मेदवारले २ सय ५० रुपैयाँको दरले उम्मेदवारी दर्ताको क्रममा धरौटी रकम बुझाएका थिए । तर निर्वाचनका आयोगको निर्देशिका अनुसार १० प्रतिशत भन्दा मत कम ल्याउनेहरुको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
Be the first to comment on "दाेलखामा ४०२ जनालाई १० प्रतिशत भन्दा कम मत, भयो जमानत जफत"