दीक्षण समाचार
चरिकोट, बैशाख १३
दोलखा प्रहरीले १५ वर्षदेखि फरार प्रतिवादी लालबहादुर तामाङलाई पक्राउ गरेको छ । दोलखा अदालतद्धारा कर्तव्य ज्यान मुद्धामा जन्मकैदको फैसलापछि बैतेश्वर गाउँपालिका–१ गैरीमुदी ठेगना रहेको प्रतिवादी तामाङ १५ वर्षदेखि फरार थिए । सोमबार तामाङलाई सदरमुकाम चरिकोटबाट पक्राउ गरी अदालतको आदेश अनुरुप कारागार चलान गरिएको प्रहरी निरीक्षक शुसील के.सीले जानकारी दिनुभयो ।
Be the first to comment on "१५ वर्षदेखि फरार प्रतिवादी तामाङ पक्राउ"