बालगृहमा अक्षयकोषका लागि सम्झौता

दीक्षण समाचार
चरिकोट, बैशाख १२
दोलखाको सदरमुकाम चरिकाेटमा अवस्थित गौरीशंकर बालगृहमा अक्षयकोष स्थापना गर्न सम्झौता–पत्रमा हस्ताक्षर गरिएको छ । शैक्षिक परिवर्तन प्रतिष्ठानले गृहमा पाँच लाख रुपैयाँको अक्षयकोष खडा गर्ने भएको हो । जसअुसार आइतबार प्रतिष्ठानतर्फबाट अध्यक्ष निरा शाक्य गृहका अध्यक्ष रामप्रसाद सापकोटा र प्रमुख ईश्वर दाहाललको उपस्थितिमा अक्षयकोष सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अक्षयकोषको रकम बालगृह र प्रतिष्ठानको संयुक्त नाममा बैंक खाता संचालन गरिने र त्यसबाट आउने व्याजबाट बालगृहका बालबालिकाको आकस्मिक स्वास्थ्य उपचार, पौष्टिक आहार लगायतमा खर्च गर्ने सहमति भएको गृहका प्रमुख ईश्वर दाहालले बताउनुभयो । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा शैक्षिक परिवर्तन प्रतिष्ठानका अध्यक्ष निरा शाक्य, सचिव बाबुकाजी कार्की, सहसचिव रुमा मानन्धर, कोषाध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, सदस्य अरबिन्द लाल जोशी, महेश्वर रेग्मी लगायत गौरीशंकर बालगृह दोलखाका पदाधिकारीरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "बालगृहमा अक्षयकोषका लागि सम्झौता"

Leave a comment

Your email address will not be published.


*