मनोनयनपत्र दर्ता गर्न समय तोकियो

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १०
दोलखामा स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार मनोनयन दर्ता गर्न समय तोकिएको छ । बैशाख ३० मा हुने स्थानीय निर्वाचनको लागि यही ११ र १२ गते दुई दिन मनोनयन दर्ता गर्न राजनीतिक दललाई समय बाँडफाँड गरिएको हो। निर्वाचनमा सहभागी हुने राजनीतिक दलको उम्मेद्वार मनोनयन दर्ताको सहज व्यवस्थापनको लागि आलोपालो व्यवस्था मिलाइएको हो । जसअनुसार राजनीतिक दलले आफ्नो पालो आएपछि निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेद्वार मनोनयन दर्ता गर्न सक्ने छन् । मनोनयन दर्ता बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म गर्न सकिने कार्यालयले जनाएको छ । मनोनयन पत्र दर्ता गर्न पालो तोकिएको राजनैतीक दलहरुमा नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा समाजवादी र राप्रपा नेपाल रहेको छ । जसमा ११ गते नेकपा एमालेले १० बजेदेखि १२ बजेसम्म र राप्रपा नेपालले १२ बजेदेखि २ बजेसम्म पालो पाउने छ । राप्रपाले २ बजेदेखि ४ बजेसम्म र नेपाली कांग्रेस (विपी)ले ४ बजेदेखि ५ बजेसम्म पाो पाउने छ । त्यसैगरी १२ गते नेपाली कांग्रेसले १० बजेदखि १२ बजेसम्म र नेकपा (माओवादी केन्द्र)ले १२ बजेदेखि २ बजेसम्म मनोनयन पत्र दर्ता गर्न पालो पाउने छन् । सोही दिन २ बजेदेखि चार बजेसम्म नेकपा समाजवादी र ४ बजेदेखि ५ बजेसम्म लोकतान्त्रिक समाजवादीले उम्मेद्वार मनोनयन दर्ता गर्न पालो पाउने छन् ।
निर्वाचन कार्यतालिका अन्तर्गत उम्मेदवारको विरोधमा वैशाख १३ गते उजुरी दिने समय तोकिएको छ । त्यसैगरी १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय हुने छ । वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र १६ गते नाम फिर्ताको समय दिइएको छ । आयोगले १६ गते नै अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न दिने छ । ३० गते बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुने छ ।

Shares

Be the first to comment on "मनोनयनपत्र दर्ता गर्न समय तोकियो"

Leave a comment

Your email address will not be published.


*