एमाले दोलखाले सबै पालिकामा लगायो उम्मेद्वार टुङ्गो

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ७
नेकपा एमाले दोलखाले पालिकाका उम्मेद्वारहरुको टुङ्गो लगाएको छ । एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि नौ वटै पालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारहरुको टुङ्गो लगाएको हो । पार्टी कार्यालय बुधबार सम्पन्न बैठकले जिल्लाको ९ वटै पालिकामा उम्मेद्वार घोषणा गरेको छ । उम्मेद्वार छनौट गर्न नियमित बैठक बसिरहेको एमालेले दोलखाले अधिकांश नयाँ अनुहारलाई पालिका प्रमुख र उपप्रमुखमा उम्मेद्वार बनाउने निर्णय गरेकाे छ । भिमेश्वर नगरपालिकामा प्रमुखम भरत केसी र उपप्रमुख कमला बस्नेत, जिरी नगरपालिकामा प्रमुखमा मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकीलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । शैलुङ गाउँपालिकामा अध्यक्षमा धन बहादुर तामाङ र उपाध्यक्षमा पार्वती कार्की थापा, मेलुङ गाउँपालिकामा अध्यक्षमा हिरा कुमार थोकर, उपाध्यक्षमा गायत्री आचार्य, कालिन्चोक गाउँपालिकामा अध्यक्षमा गणेश शिवाकोटी र उपाध्यक्षमा कविता थामि, विगु गाउँपालिकामा अध्यक्षमा अछुतम केसि, उपाध्यक्षमा देविका थामिलाई उम्मेद्वार बनाइएको छ । त्यसैगरी गौरीशंकरमा अध्यक्ष जंग गुरुङ र उपाध्यक्षमा मुना शिवाकोटी, बैतेश्वर गाउँपालिकामा अध्यक्षमा माधव प्रसाद घिमिरे र उपाध्यक्षमा नविना लामा र तामाकोशी गाउँपालिकामा अध्यक्षमा अभिषेक सुवेदी उपाध्यक्षमा अम्बिका पोखरेललाई उम्मेद्वार बनाउने निर्णय भएको एमाले दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "एमाले दोलखाले सबै पालिकामा लगायो उम्मेद्वार टुङ्गो"

Leave a comment

Your email address will not be published.


*