ईश्वर बिश्वकर्मा ÷चरिकोट, – दोलखाको चारदलीय गठबन्धनलाई पदको भागबण्डा मिलाउन सकस भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादीबीच तालमेल गरी चुनावमा सँगै जाने निर्णय भएको थियो । उक्त निर्णय भएपछि भागबन्डाको विषयमा गठबन्धनका जिल्लास्तरीय नेताबीच पटकपटक अनौपचारिक र औपचारिक छलफल वार्ता भए । तर भागबण्डाको विषय हालसम्म टुङ्ग्याउन नसक्दा कठिनाइ भएको हो । पटकपटकका प्रयास र वार्ताहरुले भागबन्डाको विषयमा सहमति जुट्न नसक्दा प्रयासहरु असफल भएका छन् । चार दलले नै सबै आकांक्षाहरु पूरा हुनुपर्ने भन्दै आआफ्ना अडान कसेपछि हालसम्म पनि निकास निस्कन नसकेको हो । गठबन्धनको नेतृत्व गरेको नेपाली कांगेस दोलखाका सभापति बर्मा लामाले दलका नेताहरुबीच निरन्तर बैठक बसेर छलफल गरेपनि पालिका प्रमुख र उपप्रमुखको भागबन्डा मिलाउन गाह्रो भएको बताउनुभयो । ”यो बीचमा छलफल त कति भए कति । तर ती छलफलबाट ठोस निकास निकाल्न सकिएन । आ–आफ्ना अडानका कारण भागबन्डा मिलाउनै समस्या भएको छ ।“ सभापति बर्मा लामाले भन्नुभयो ”जसले गर्दा उम्मेद्वार चयन गर्न पनि कठिनाई भएको छ । भागबन्डा मिलाउने प्रयासमा व्यस्त हुँदा चुनावी प्रचारप्रसार गर्न समेत सकिएको छैन ।“ गठबन्धनमा धेरैको आकांक्षा छ । ती आकांक्षाहरुलाई मेल खाने गरी सहमति हुन सकेको छैन । सोही कारण उम्मेद्वार टुङ्ग्याउन सकस भएको छ । पार्टी सभापति लामाले भन्नुभयो ”पालिका प्रमुख र उपप्रमुख पदको विषयमा कुरो मिले सकेमा अरु सहजै मिलाउन सकिन्छ । यसैको लागि निरन्तर छलफलमा हामी व्यस्त छौ । सहमति नभइन्जेलसम्म निरन्तर प्रयाय जारी रहन्छ । उहााले भन्नुभयो ” निकास आउने गरी हामीले छलफललाई तीव्रता दिएका छौँ । त्यसैले बैशाख १० गतेसम्म सबै कुरा मिल्छ । त्यसैले गठबन्धन टुट्ने त कुरै भएन ।“
दोलखामा गठबन्धनलाई भागवण्डा मिलाउन सकस
TOPICS:समाज
Posted By: दीक्षण दैनिक ५ बैशाख २०७९, सोमबार १२:२१
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "दोलखामा गठबन्धनलाई भागवण्डा मिलाउन सकस"