दाेलखामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि पूर्व तयारी

ईश्वर बिश्वकर्मा ÷चरिकोट, – भीमेश्वर नगरपालिका –४ जिलु स्थित भटमासे गाउँ नजिकैको बैँसेबारी वनमा डढेलो लाग्यो ।चर्को घाम र हावाको तीव्र वेगको कारण सुकेका रुखबुट्यान र पातपतिङ्गरको मात्रा बढी भएकोे सो वन डढेलो लागेको केही घन्टामै सखाप बनायो । बस्तीमा भने आगो सल्किन पाएन । “यदि सल्केको भए करोडौंको धनमाल बचाउन सकिदैंन थियो होला ”अभिषेक चौलागाईंले गएको बर्षको घटना स्मरण गर्दै भन्नुभयो। वनमा डढेलो सर्दै गयो । डढेलोले भेटेको भागको रुख, बोटबिरुवा खरानी भई वन नै उजाड र उराठिलो बन्यो । डढेलो लागेको तत्काल सूचना दिएको भएपनि सुरक्षाकर्मी टोली ढिला गरी आयो । खबर पाउना साथ तुरुन्त आउन सकेको भए तत्काल आगो नियन्त्रण गरी डढेलोबाट थप क्षति हुन बाट जोगाउन सकिन्थ्यो। तर निकै ढिला गरी आएको सुरक्षाकर्मी र गाउँलेको सक्रियतामा साँझतिर आगो नियन्त्रण गरियो । घटना भएको त्यो रात गाउँले सबै अनिंदो बसे । किनकी आगो फेरि सल्केर बस्तीमा पस्ने डर थियो। “यो घटना गएको बर्षको चैत दोस्रो साता तिरको हो । बस्ती नजिकै रहेको गाउँलेको घाँस, दाउराको स्रोत रहेको उक्त वनमा डढेलो लाग्दा हामी निकै चिन्तित र डराएका थियौं ।अभिषेकले भन्नुभयो । भोलिपल्ट कारण खोज्दै जाँदा पत्करको निंहुमा विवाद हुँदा जाँडले मातिएको एक व्यक्तिले लाइटर बालेर पत्तकर जलाइदिएको र त्यहिँबाट आगो सल्किएर वनमा डढेलो लागेको खुल्न आयो । ती व्यक्तिलाई सम्झाइबुझाई छाडियो । मानवीय अज्ञानता, त्रुटी र असवाधानीका कारण आगलागीको घटना हुन्छ । त्यस्तो हुन नदिन कानूनी व्यवस्थासहितको सचेतना र सन्देश प्रचारप्रसारलाई व्यापक बनाइनुपर्छ । अभिषेकले भन्नुभयो ूआगलागी भईहाले तत्काल नियन्त्रणमा सबैको सक्रियता र पहल हुन सक्नुपर्छ । हाम्रामा जस्तो घटनास्थलमा सुरक्षाकर्मी आउन ढिला गरेमा समस्या हुन्छ । आगो लगाउने व्यक्तिलाई कानूनी कारबाही हुनपर्छ । अनि मात्र आगलागीको घटना रोकिन्छ ।अभिषेक गएको वर्षको जस्तो घटना कहिल्यै भोग्न र देख्न नपरोस् भन्नुहुन्छ । वनमा डढेलो लाग्दा रुखबिरुवा, जडिबुटी, वन्यजन्तु, चराचुरुङ्गी लगायतमा क्षति पुग्छ । हरियाली देखिने वन जँगल डढेलो पछि उजाडिन्छ । प्रकृतिमा समेत कुरुपता पैदा हुन्छ । त्यसैले यस्तो नियति प्रकृतिमा देख्न नपरोस् ।ू उहाँले भन्नुभयो ूत्यसका लागि सबै सचेत र सजग हुन आवश्यक छ । वन जँगल हराभरा बनाउन सक्रियता बढाउनुपर्छ । वनजन्य स्रोतको समुचित उपयोग गरी बृक्षारोपण गर्नुका साथै सम्बद्र्धन गरिनुपर्छ ।डिभिजन वन कार्यालय दोलखाको अनुसार गत वर्ष १ सय ४० हेक्टर वनमा डढेको लागेको थियो । यो फागुन देखि जेठ महिनासम्म भएको डढेलोको विवरण हो । डढेलोबाट भएको क्षतिको यकिन विवरण नभएपनि यसले वन क्षेत्रका रुखविरुवा, काठ, पशुपंछी तथा जनावरको ठूलो क्षति भएको अनुमान गरिएको थियो । त्यति मात्रै होइन पर्यटकीय स्थलहरुमा समेत वन क्षेत्रमा लागेको डढेलोले क्षति गरेको कार्यालयका सूचना अधिकारी, सहायक वन अधिकृत गणेश थापाले बताउनुभयो । जिल्लाको विभिन्न वनमा चैत देखि जेठ महिनामा वन डढेलोको बृद्धि हुने गरेको छ । यी महिनामा पानी कमै मात्रै पर्ने हुँदा सुख्खा हुनुको साथै चर्को घामका कारण जमिनको पनि तापक्रम बढ्छ। यो बेला तीव्र वेगले हावा चल्छ । जसका कारण एक ठाउँमा बालेको आगोको झिल्को हावाको वेगसँगै अर्को स्थान, घर वा वनजँगलमा पुगी आगलागी हुने गर्दछ । नवीकरणीय प्राकृतिक सम्पदा वन जैविक विविधताको संरक्षण तथा पर्यावरणीय सन्तुलन कायम राख्न र मानवीय जीवन रक्षा गर्न महत्वपूर्ण छ । सूचना अधिकारी थापाले भन्नुभयो, यस्तो महत्वपूर्ण सम्पदाको सम्बद्र्धन, संरक्षण र प्रबद्र्धन गर्न नसकेमा मानव जीवन नै संकटमा पर्न सक्छ । त्यसैले वन र आगोमा हेलचेक्रयाई, ख्यालख्याल गर्नुहुदैँन ”।
१० जना वन दस्ता खडा
डढेलो शून्य पार्नको लागि कार्यालयले सचेतनालाई जोड दिएको छ । सूचना अधिकारी थापाले भन्नुभयो अधिकांश वन डढेलो अज्ञनता र मानवीय क्रुटीका कारण हुने गरेको पाइएको छ । त्यसैले सचेतनालाई व्यापकता बनाउन अझै आवश्यक देखिएको छ। सोही अनुरुप सञ्चारमाध्यममार्फत सचेतनामूलक सामाग्री प्रसारण गरिरहेका छौँ, उपभोक्ता तथा समुदाय माझ कार्यक्रम पनि गरिएको छ ।कोहीकसैले जानजान वनमा आगो लगाउने र लापरबाही गर्नाले पनि डढेलो लाग्ने गरेको छ । त्यस्ता व्यक्तिलाई भने कानूनी कारबाही नै गरिने सूचना अधिकारी थापाले बताउनुभयो । उहाँले भन्नुभयो ूहामीले आगो लाग्नै नदिन र नियन्त्रणसम्बन्धि सचेतनालाई व्यापकता दिएका छौँ । तर कसैको लापरबाही र हेलचेक्याँइको कारण वनमा डढेलो लागेमा त्यस्ता व्यक्तिको पहिचान गरी वन ऐन २०७६ मा उल्लेखित व्यवस्था अनुसार कारबाही गरिन्छ । आगो लगाउनु दण्डणीय अपराध हो । त्यसैले वनमा आगो लगाएको प्रमाण पुगेको खण्डमा सम्बन्धित वनका उपभोक्ता समूहले कारबाही गर्छन्, त्यसो नभएमा वन डिभिजन कार्यालयले कानूनी कारबाही गर्छ । गएका वर्षहरुमा वनमा डढेलो लगाउने व्यक्तिको पहिचान हुन नसक्दा कारबाही गर्न नसकिएको उहाँले सुनाउनुभयो । यो वर्ष वन डढेलो कहिँपनि लाग्नै नदिने कार्यालयको योजना हो। गर्मी मौसम सुरु भएपनि अहिलेसम्म डढेलोको घटना भएको छैन । तर पनि आगामी दिनमा वनमा डढेलो लागिहालेमा नियन्त्रणको लागि १० जनाको दस्ता टोली नियुक्त गरिएको छ । तीन महिला र ७ पुरुषको दस्ता टोली जसले वन डढेलो लाग्नै नदिन र डढेलो नियन्त्रणमा सक्रियता पूर्वक भूमिका निर्वाह गर्ने सूचना अधिकारी थापाले बताउनुभयो । १० जनाको आगो नियन्त्रण टोली चैत्र पहिलोबाट तीन महिनाको लागि नियुक्त गरिएको हो । उहाँले भन्नुभयो “चैत्र, बैशाख र जेठ महिना आगलागीको महिना हो । यी महिनासम्मको लागि दस्ता खटाइएको हो ।टोलीलाई ज्याकेट, हेलमेट, जुत्ता सहितको पोशाक र आगो नियन्त्रणको लागि आवश्यक औजारहरु उपलब्ध गराइएको उहाँले सुनाउनुभयो । उहाँको अनुसार १० मिटरसम्म पानी फाल्न सक्ने जेट सटर र हिर्काएर आगो निभाउन फायर स्वार्टर दस्ता टोलीले प्रयोग गर्ने छन् । उहाँले भन्नुभयो“ डढेलो नियन्त्रणको लागि पूर्व तयारी स्वरुप आवश्यक अभिमुखीकरण तालिमका साथै पोशाक र आवश्यक सामाग्री दिएर खटिने गरी तयार अवस्थामा दस्ता टोली खडा गरिएको छ । त्यसले वन डढेलोको खबर प्राप्त गर्न साथ तत्कालै गएर सुरक्षाकर्मी र समुदायको सहभागिता तथा सक्रियतामा नियन्त्रण गर्ने छन् ।सडक सञ्जालले छोएको वन क्षेत्रमा भने दमकलको प्रयोग हुने, त्यसो नभएमा दस्ता टोली परिचालन हुने छन् । कतिपय उपभोक्ता वन्यस्रोतको उपयोग मात्र गर्ने तर वन संबद्र्धनमा सक्रिय नहुने गरेको पाइएको छ । वनजँगल आफैले जोगाउनुपर्ने शिक्षा उनीहरुलाई दिइन समेत आवश्यक रहेको सूचना अधिकारी थापाले बताउनुभयो । डढेलो लाग्नै नदिन आगोसँग लापरबाही गर्नुहुँदैन । त्यसैगरी वनका सुकेका घाँसपात, रुख, बुटाहरु बेलैमा हटाए आगलागी कम हुने उहाँले सुनाउनुभयो । उहाँका अनुसार जिल्लामा तीन सय ८३ वटा सामुदायिक वन, १ सय ४४ कबुलियति वन रहेको छ ।

Shares

Be the first to comment on "दाेलखामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि पूर्व तयारी"

Leave a comment

Your email address will not be published.


*