सावधानी अपनाउन आग्रह

चरिकोट (दीस) –माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले तामाकोसी नदीमा पानीको बहावमा उत्तरचढाव आउने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार एक सुचना जारी गर्दै आयोजनाले तामाकोसी क्षेत्रमा बसोवास गर्ने स्थानीयलाई सो आग्रह गरेको हो । आयोजनाले जारी गरेको सुचनामा“हरेक वर्ष सुख्खा याममा मंसिरदेखि जेठ महिनामा राष्ट्रिय विद्युत प्रणालीको आवश्यकतानुसार पूरा क्षमता ४ सय ५६ मेगावाट सम्म पनि विद्युत उत्पादन हुने गरेको छ, त्यस क्रममा जलविद्युत केन्द्र को सिस्नेरीस्थित टेलरेस आउटलेटबाट अधिकतम ६६ घनमिटर प्रति सेकेण्ड पानी निस्किई तामाकोशी नदीको बहावमा अचानक बढ्ने तथा पिक आवरपश्चात् पुनः बहाव घट्ने भई रहन्छ ,”। तल्लो तटीय क्षेत्रमा आवश्यक कार्य गर्दा सतर्कतापूर्वक र सावधानीका साथ काम गर्न आग्रह गरिएको छ ।नदीको पानीको सतह क्रमश बढ्दै जाने र पछि पुन घट्ने हुँदा तामाकोशी नदिमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरु नगर्न र नगराउन अपिल गरेकोे छ ।

Shares

Be the first to comment on "सावधानी अपनाउन आग्रह"

Leave a comment

Your email address will not be published.


*