दाोलखामा मतदाता १ लाख ६० हजार कायम

चरिकोट (दीस)– दोलखामा मतदाताको संख्या १ लाख ६० हजार ९६ जना कायम भएको छ । निर्वाचन आयोगले आइतबार मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको तंथ्याकमा उक्त संख्या कायम भएको हो । तंथ्याक अनुसार दोलखामा पुरुषको मतादाता संख्या बेसी रहेको छ । अन्तिम नामावली अनुसार ८० हजार ५ सय १७ पुरुष र ७९ हजार ५ सय ७९ जना महिला मतदाता कायम भएको हो । महिला भन्दा पुरुष मतादाता ९ सय ३८ जना बढी देखिएको छ । आयोगका अनुसार जिल्लामा दोलखाका २ नगरपालिकामा भीमेश्वर नगरपालिकामा २६ हजार ८ सय ३३ जना र जिरी नगरपालिकामा १४ हजार ५८ जना मतदाता रहेको आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा उल्लेख गरिएको छ । गाउँपालिका तर्फ शैलुङ गाउँपालिकामा सबैभन्दा बेसी मतदाता भएको र कम मतदाता विगु गाउँपालिकामा रहेको छ । शैलुङ गाउँपालिकामा १९ हजार ३ सय ३० र विगु गाउँपालिकामा १४ हजार ४ सय २३ जना मतदाता कामयम भएको छ । त्यसैगरी कालिञ्चोक गाउँपालिकामा १८ हजार ६ सय ६१, मेलुङ गाउँपालिकामा १८ हजार १ सय ५३ तथा बैतेश्वर गाउँपालिकामा १७ हजार ४ सय ६२ जना ,तामाकोशी गाउँपालिकामा १५ हजार ८ सय ३५ जना, गौरीशंकर गाउँपालिामा १५ हजार ३ सय ४१ रहेको जनाइएको छ ।देश भर निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको सूचीअनुसार ८९ लाख ९२ हजार १० पुरुष मतदाता रहेका छन् भने ८७ लाख ४१ हजार ५३० महिला मतदाता रहेका छन् । जुन पुरुष मतदाताको संख्याभन्दा २ लाख ५० हजार ४८० ले कम हो । आयोगले जारी गरेको सूचीअनुसार कूल १ करोड ७७ लाख ३३ हजार २२३ मतदातामध्ये १८३ अन्य मतदाता रहेका छन्।

Shares

Be the first to comment on "दाोलखामा मतदाता १ लाख ६० हजार कायम"

Leave a comment

Your email address will not be published.


*