ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र १३
जिरी बजार अनुगमन गरी चरिकाेट अाउने क्रममा घरेलु तथा साना उद्योग कार्यालय दोलखाको जिप शनिबार साँझ दुर्घटनामा परेको छ । बागमती प्रदेश ९६८० नम्बरको जिप बैतेश्वर गाउँपालिका वडा नं. ६ नाम्दुको च्यानडाँडामा बे्रक फेल हुँदा दुर्घटनामा परेको हो । बे्रक फेल भएको जिपलाई चालकले भित्तातर्फ लगेर ठूलो क्षतिबाट जोगाउन सफल भएपनि दुई जना प्रहरी भने गम्भिर घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता, प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । उहाँका अनुसार दुर्घटना परी जिपमा सवार दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइराला दम्पती, प्रहरी निरीक्षक दिवस बस्नेत र प्रहरी नायब निरीक्षक नारायण ढकाल घाइते हुनुभएको छ । घाइते चार जना मध्ये बस्नेत र ढकाललाई भने गम्भिर चोट लागेकोले शनिबारै काठमाडौँ पठाइएको र उहाँहरुको प्रहरी अस्पतालमा उपचार भईरहेको छ । उहाँहरुलाई टाउको र हातमा गम्भिर चोट लागेको थियो । सहायक प्र.जि.अ कोइराला दम्पतीलाई भने गम्भिर समस्या नभएपनि थप उपचारका लागि काठमाडौँ जानुभएको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो । दुर्घटना परेका घरेलु कार्यालयका प्रमुख मिन बहादुर तामाङ र चालक सकुशल हुनुहुन्छ ।
Be the first to comment on "दोलखामा जिप दुर्घटना हुँदा दुई प्रहरी गम्भिर घाइते"