विद्यालयमा पालिकाद्धारा अक्षय कोष स्थापना

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ११
दोलखाको शैलुङ गाउँपालिकाले माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गरिदिएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र दिगो विकासका लागि ९ वटा सामुदायिक माध्यमिक विद्यालयमा प्रति विद्यालय १० लाखको दरले अक्षय कोष स्थापना गरिएको पालिकाले जनाएको छ । गाउँ कार्यपालिकाको सभाको निर्णय अनुसार विद्यालयमा अक्षय कोष खडा गर्ने गरी सम्बन्धित विद्यालयमा रकम पठाइएको शिक्षा शाखाका प्राविधिक सहायक विरेन्द्र बहादुर कठायतले बताउनुभयो । कोषवाट प्राप्त हुने व्याज रकम विद्यालयको प्रशासनिक कार्यमा खर्च गर्नुपर्ने छ । माध्यमिक विद्यालयको दिगो सञ्चालन, व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षय कोष महत्वपूर्ण रहेको प्राविधिक सहायक कठायतले सुनाउनुभयो । उहाँको अनुसार कालापानीमा अवस्थित साँगुते मावि, दार्खाको कालिका मावि, भैँसेको शारदा मावि, मागापौवाको मागापौवा मावि र दुर्गा मावि, काटाकुटीको वीरेन्द्य्र मावि, भुषाफेदाको नवीन मावि, बोत्लेको काली भूमे कावि, कल्लाबारी स्थित कल्लाबारी माविमा अक्षय कोष स्थापना गरिएको हो ।

Shares

1 Comment on "विद्यालयमा पालिकाद्धारा अक्षय कोष स्थापना"

  1. Itís difficult to find experienced people about this topic, however, you seem like you know what youíre talking about! Thanks

Leave a comment

Your email address will not be published.


*