इश्वर बिश्वकर्मा
चरीकाेट, फागुन २९
भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको जिरी नगरपालिका-६ ले आफ्नो लागि मानेडाँडामा भवन तयार गरेको छ। यो सँगै व्यक्तिको घरमा बर्षेनी भाडा तिरेर कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता हटेको छ। ९७ लाख ४५ हजार ७७९ खर्चिएर निर्माण गरिएको साँढे दुई तल्ले वडा कार्यालय भवन सुविधा सम्पन्न बनेको छ । सो भवन आईतवार एक कार्यक्रमका बीच संघिय सांसद पार्वत गुरुङले उद्घाटन गर्नुभयो। उहाँले दोलखाको विकासका निम्ति स्थानीय सरकारको काम प्रशंसनीय रहेको सुनाउनुभयो।
उहाँले जिल्लाको समग्र प्रगति र विकासमा आफ्नो भूमिका प्रभावकारी बनाइरहेको र जिल्लाका ९ वटै सरकारले पनि त्यो किसिमको काम गर्न आग्रह गर्नुभयो। वडाध्यक्षको कार्यकक्ष, कर्मचारी कक्ष र विषयगत कक्ष सहित ९ वटा कोठा रहेको भवनबाट प्रभावकारी सेवा प्रवाह हुने जनअपेक्षा छ । वडाध्यक्ष गोपाल कार्कीले आफ्नो कार्यकाल भाडाको घरमा गुर्जार्नु परेपनि सेवा प्रबाहमा कुनै कमी कमजोरीहरु नगरेको बताउदै चुनौतीको सामना गरी उपयुक्त स्थानमा सबै नागरिकलाई पायक र सहज हुने गरी वडा कार्यालय भवन निर्माण गरिएको सुनाउनुभयो। उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख टंक जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, पूर्व सांसद इन्द्र बहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
Be the first to comment on "सांसद गुरूङद्वारा वडा कार्यालय भवन उद्घाटन"