ललितपुर महानगरपालिकासँग भीमेश्वर नगरपालिकाको भगिनी साइनो

इश्वर विश्वकर्मा चरीकोट, फागुन २९

दोलखाको एेतिहासिक, सांस्कृतिक र प्राचीन नगरी भीमेश्वर नगरपालिका र ललितपुर जिल्लाकाे ललितपुर महानगरपालिकाबीच भगिनी साइनो जोडिएको छ। भिमेश्वर नगरपालिकाको हलमा आइतबार आयोजित कार्यक्रममा समझदारी पत्रमा द्विपक्षीय हस्ताक्षर कार्य सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका र ललितपुर महानगरपालिकाका प्रमुखद्वयले समझदारी पत्रमा हस्ताक्षर गरेसँगै सम्बन्ध गाँसिएको हो । नगरपालिकाका प्रमुख भरत केसी र महानगरका प्रमुख चिरीबाबु महर्जनले हस्ताक्षर गर्नुभएको हो। सोही अवसरमा एकार्काबीच मायाको चिनो समेत आदानप्रदान भएको छ। विश्व सम्पदामा सूचिकृत ललितकलाको सुन्दर नमूनाको नगर ललितपुर महानगरपालिका र नेपालको पहिलो सिक्का निस्कासन गर्ने प्राचिन सम्पदाको नगर भीमेश्वर नगरपालिका भगिनी साइनो गाँसिएको दिनलाई उत्सवको रूपमा लिइएको भीमेश्वर नगरप्रमुख भरत केसीले बताउनुभयो। भगिनी सम्बन्ध मार्फत असल अभ्यास तथा अनुभव आदानप्रदान गर्ने, आपसी हितमा सहकार्य समन्वय गरी सम्बन्ध प्रगाढ बनाउने र दुबै स्थानीय तहलाई सुदृढ र सबल बनाउने उद्देश्य रहेको प्रमुख केसीले सुनाउनुभयो । उहाँका अनुसार प्राचीन काल देखि धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई कायम गर्दै भगिनी सम्बन्ध गाँसिएको हो । त्यसैगरि महानगर प्रमुख महर्जनले भीमेश्वर नगरपालिकासँग साइनो गाँस्न पाउँदा खुशी लागेको बताउदैं नगरको विकासमा सहयोग भरपुर गर्ने सुनाउनुभयो। त्यसैगरि सोही अवसरमा पुस्तक बिमोचन गरिएको छ । भीमेश्वर नगरपालिकाकामा सम्पन्न भएका तथा सुरुवात भएको कामको जानकारी दिने गरी ‘जनप्रतिनिधिका पाँच बर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको हो ।भीमेश्वर नगरपालिका दुवारा प्रकाशित सो पुस्तकको नेपाल सरकारका पूर्व सुचना संचार तथा प्रविधि मन्त्री एवं संघिय सांसद पार्वत गुरूङले विमोचन गर्नुभयो। भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद पार्वत गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जन, भिमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

Shares

Be the first to comment on "ललितपुर महानगरपालिकासँग भीमेश्वर नगरपालिकाको भगिनी साइनो"

Leave a comment

Your email address will not be published.


*