हरेक शुक्रबार जिरी अस्पतालमा कोरोना विरुद्धको खोप दिइने

दीक्षण समाचार
चरीकोट, फागुन २६
दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पतालमा प्रत्येक हप्ताको शुक्रबार कोरोना विरुद्धको खोप लगाइने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै साताको एक दिन शुक्रबार खोप लगाइने व्यवस्था गरिएको जनाएको हो । खोप लगाइने भएकोले खोप लगाउन छुटेका सम्पूर्ण व्यक्तिहरुले मौकाको फाईदा लिन अस्पतालले अनुरोध गरेको छ । १८ वर्ष भन्दा माथिका सम्पूर्ण छुटेका व्यक्तिहरुलाई पहिलो, पहिलो मात्राको खोप लगाएका र दोस्रो मात्राको खोप लगाउन छुटेका १८ वर्ष भन्दा माथिका सम्पूर्ण व्यक्तिहरुलाई दोस्रो र दोस्रो मात्रा खोप लगाएका र तेस्रो मात्राको खोप लगाउन छुटेका १८ वर्ष भन्दा माथिका सम्पूर्ण व्यक्तिहरुलाई खोप दिइने डाक्टर देबेन्द्र गौतमले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "हरेक शुक्रबार जिरी अस्पतालमा कोरोना विरुद्धको खोप दिइने"

Leave a comment

Your email address will not be published.


*