इश्वर बिश्वकर्मा ÷चरिकोट, –दोलखाको तामाकोशी गाउँपालिकाले खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पु¥याउने उद्धेश्य अनुरुप साना तथा मझौता किसिमका सिंचाइ योजना सञ्चालन गरिरहेको छ । कुलो तथा पाइप मार्फत खेतबारी नजिकै रहेका मुहान तथा खोलाको पानी व्यवस्थित तवरबाट बाह्रैमास खेतबारीमा पु¥याउने र त्यसको उपयोगमा अन्नबाली फलाएर किसानको आम्दानीमा वृद्धि गर्ने र आत्मनिर्भर बनाउने अभियान अन्तर्गत पालिकाले सिंचाइ योजना कार्यान्वयन, सञ्चालन गरेको हो । गाउँपालिकाका ईन्जिनियर राजकिशोर यादवका अनुसार चालु आर्थिक वर्ष ७८ वटा साना तथा मझौला सिंचाइ योजना सञ्चालनमा छ । ती मध्ये ६३ वटा योजनाको सम्भmौता भई तीव्र गतिका साथ काम भईरहेको छ । १४ वटा सिंचाई योजनाको काम सम्पन्न भएपछि भुक्तानी समेत भईसकेको छ । सो योजना अन्तर्गत कुलो निर्माण गर्नुका साथै पाइप बिछ्याएर खेतबारीमा पानी लगिएको छ । ७८ वटै योजना पूरा गर्नका १ करोड ८२ लाख ५० हजार रुपैयाँ बजेट रहेको ईन्जिनियर यादवले जानकारी दिनुभयो । सम्भmैता नभएका योजनाहरुको यथास्रिघ सम्भmौता भई काम हुने उहाँले सुनाउनुभयो । सिंचाइका सबै योजना अन्तर्गत उपभोक्ता समितिमार्फत काम हुन्छ । उहाँका अनुसार वडा नं. १ भीरकोटमा ८ वटा सिंचाई योजना सञ्चालनमा रहेकोमा पाँच वटा सम्झौता भई काम सुरु भएको, बाँकी सम्भmौताको प्रक्रियामा रहेको छ । योजना सञ्चालनको लागि २३ लाख ४२ हजार रुपैयाँ बजेट छ । वडा नं. २ झुलेमा ६ वडा सिंचाइ योजना सञ्चालनमा रहेकोमा तीन वटाको भुक्तानी भईसकेको र तीन वटाको काम भइरहेको छ । १६ लाख ४५ हजार रुपैयाँ यो वडाको लागि बजेट छुट्याइएको छ । वडा नं. ३ जफेमा १८ वटा योजना रहेकोमा ७ वटा सम्भmौता भएरु काम सुरु भएको, १ वटाको भुक्तानी भएको र बाँकी सम्झौतको चरणमा रहेको छ । यो वडाको लागि २६ लाख ९२ हजार रुपैयाँ बजेट रहेको छ । वडा नंं ४ मालुमा १६ वटा सिंचाइ योजना सञ्चालित छ । १५ वटाको सम्भmौता भई काम भईरहेकोमा २ वटाको सम्पन्न भएपछि भुक्तानी गरिएको छ । यो वडाको लागि २९ लाख ९२ हजार रुपैयाँ बजेट रहेको छ । वडा नं. ५ मा शहरेमा ९ वटा योजना रहेको छ । दुई वटाको भुक्तानी भइसकेको छ । यो वडामा कुल ३१ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । सिंचाइ योजना कार्यान्वयनको लागि कुल २८ लाख ४२ हजार रुपैयाँ रहेको वडा नं. ६ मा १२ वटा योजना रहेमामा पाँच वटाको भुक्तानी भएको छ । बाँकीको काम भईरहेको छ । वडा नं. ७ मा ९ वटा योजना सञ्चालनमा रहेकोमा १ वटाको भुक्तानी भएको र बाँकीको काम चलिरहेको छ । सो वडामा २ लाख ४५ हजार रुपैयाँ बजेट रहेको छ । पर्याप्त सिंचाइ सुबिधा अभावमा समस्या र कठिनाई झेलिरहेका किसानहरु सिंचाइ योजना सञ्चालन भएपछि अन्नबाली उत्पादन वृद्धिमा सघाउ पुग्ने भन्दै खुशी भएका छन् । सिंचाई सुविधा विस्तारसँगै आकाशे पानी भरमा खेती गर्नपर्ने र सिंचाइको लागि विवाद र झगडा गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास किसानहरुको अपेक्षा छ ।
सिंचाईको सुविधा बढाउदै तामाकोशी गाउँपालिका
Posted By: दीक्षण दैनिक २५ फाल्गुन २०७८, बुधबार २०:१२
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "सिंचाईको सुविधा बढाउदै तामाकोशी गाउँपालिका"