गर्भवतीलाई पोषण सामग्री वितरण

बाबुराम शर्मा ÷चरिकोट – ३० जना गर्भवती आमाहरुलाई पोषण युक्त सामग्री वितरण गरिएको छ । भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर स्थितको दोलखा स्वास्थ्य चौकी सो सामग्री वितरण गरिएको वडा नम्बर २ का वडा अध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार समाजसेवी दुर्गा खडका र लिलबहादुर नेपालीको सहयोगमा चना केराउ एक÷एक केजी, अन्डा एक क्रेट, खाने तेल एक लिटर, आयोडिनयुक्त नुन एक केजी, वितरण गरिएको हो । सो कार्यक्रममा दोलखा अस्पतालका डा. संदिप ओझाले गर्भवती आमाहरुलाई यो अवस्थामा पोषणयुक्त खानाका साथै आयोडिनयुक्त नुन अनिवार्य प्रयोग गर्न सुझाव दिनु भएको थियो ।

Shares

Be the first to comment on "गर्भवतीलाई पोषण सामग्री वितरण"

Leave a comment

Your email address will not be published.


*