वन्यजन्तुले कृषिमा दुख दिएको भन्दै किसानले बुझाए ज्ञापनपत्र

दीक्षण समाचार ,चरीकोट, –दोलखाका किसानहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा, डिभिजन वन कार्यालयमार्फत वन मन्त्रालयमा र भीमेश्वर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । वन्यजन्तुले कृषिमा क्षति पु¥याउँदा पेशा नै संकटमा परेको ध्यानाकर्षण गराउँदैँ क्षति पूर्ति हुनुपर्ने र वन्यजन्तुको व्यवस्थापन हुनुपर्ने माग सहित दोलखा जिल्ला भरीका किसानहरूको सञ्जालले ज्ञापनपत्र बुझाएको हरिहर न्यौपानेले बताउनुभयो ।  किसानले लगाएको अन्नबाली वन्यजन्तुले क्षति पु¥याउँदा चुनौतीपूर्ण रहेको कृषिमा थप चुनौती थपिएको र संकटको अवस्था देखिन थालेको छ । वन्यजन्तुले गरेको क्षति आँकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गनुपर्ने र वन्यजन्तुको उचित व्यवस्थापन हुनपर्ने लगायत कृषिमा देखिएको समस्याहरूको समाधानको लागि सरकारले चाँडै कदम चाल्नुपर्ने लगायतका माग राखेर ज्ञापन पत्र बुझाइएको किसान सञ्जालका माधव न्यौपानेले बताउनु भयो ।
‘जिल्लामा भरीका किसानहरूको कृषक सञ्जाल दोलखा जिल्ला भरी छरिएर रहेका विशुद्ध कृषकहरूको साझा सञ्जाल रहेको कुरा अवगत गराउन चाहन्छौँ । फागुज १ गते बसेको सञ्जालको बैठकको निर्णयानुसार जिल्लाका किसानहरूले आफ्नो खेतबारीमा लगाएका कृषि बाली तथा तरकारीहरू विभिन्न थरीका वन्यजन्तुले नष्ट गरी कृषकहरू आफ्नो पेशाबाट विस्थापित हुने अवस्थामा पुगेको र वार्षिक रुपमा खेतबारी तथा अन्य र फलफूल लगाउने बारी समेत बाँझो जमिनमा परिणत हुँदै गएको जनाइएको छ । तथापि राज्यले कृषि पेशालाई देशकै उच्च पेशाका रुपमा नलिएसम्म र एक जना कृषकको समस्या सिंगो राज्यको समस्या हो  भनी दायित्व बोध नगरको कारण र कृषि पेशा काम चलाउन पेशा वा अर्धव्यवसाय पेशाको रुपमा राज्यले लिँदै आएकोले गर्दा कृषकहरू दिनप्रतिदिन पेशागत व्यक्तिहरू हतोत्साही हुँदै गएको र कृषि व्यवसायबाट नै विस्थापित हुने बेला आएको हुँदा राज्यले सोच्ने बेला आएको छ । “यदि कृषकहरूको पेशालाई सामान्य पेशाको रुपमा लिने र ध्यान नदिने हो भने अबको केही वर्षमा नै नेपालबाट कृषि पेशा विस्थापित हुने अवस्था पुग्ने छ । त्यसलाई मध्यनजर गर्दै राज्यले उचित किसिमको कृषि तथा पशु बिमा र वन्यजन्तुको उचित संरक्षण नभएसम्म  आन्दोलन गर्नको लागि हामी किसान बाध्य हुने छौ ।”ज्ञापनपत्रमा उल्लेख छ । त्यसैगरी हाम्रा विषयमा चाँडो भन्दा चाँडो सुनवाई होस भन्ने चाहन्छौँ । कृषि व्यवसाय विभिन्न खालका चुनौती रहेको अवस्थामा अहिले आएर वन्यजन्तुका कारण हाम्रो कृषि व्यवसाय संकटमा परेको छ । अनेका अनेक मेहेनेत गरी कृषि उपजमा आधारित काम गरेता पनि बाली उठाउन नसकेको कृषकले गुनासो गरेका छन् । “यही अवस्था रहेमा कृषि उत्पादनमा संकट भै स्थानीय अर्थतन्त्र चौपट हुने अवस्था आएको छ । त्यति मात्र होइन हामी कृषि व्यवसाय नै छाड्नुपर्ने बाध्यता आउन सक्ने भएकोले वन्यजन्तु खास गरेर बाँदर, मृग, दुम्सि को उचित व्यवस्थापनको लागि हामी जोडजार माग गर्दछौँ । वनको हैसियत भन्दा बढी वन्यजन्तु रहेकोले ति वन्यजन्तुलाई वनमै रहने व्यवस्थापन मिलाउनुहुन अनुरोध गर्दछौँ । ” ज्ञापनपत्रमा जनाइएको छ । “सो व्यवस्थापन हुनुपूर्व तत्काललाई हाम्रो कृषि उपजमा क्षति आँकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न समेत अपिल गर्दछौँ । वन्यजन्तु व्यवस्थापको सन्दर्भमा अहिले नेपालमा कानून अव्यवहारिक रहेको र सो कानुन संसोघन गरी कृषि व्यवसायमैत्री कानुन तर्जुमा तथा कार्यान्वयनको लागि अनुरोध गर्दछौँ।’ ज्ञापनपत्रमा उल्लेख छ ।

Shares

Be the first to comment on "वन्यजन्तुले कृषिमा दुख दिएको भन्दै किसानले बुझाए ज्ञापनपत्र"

Leave a comment

Your email address will not be published.


*