दीक्षण समाचार
चरिकोट, फागनु ४
मेलुङ गाउँपालिकामा सञ्चालित सहकारी संस्थाहरूका लागि लेखा ब्यवस्थापन तालिम बुधबारबाट सुरु भएको छ । सहकारीकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ मेलुङ गाउँपालिका र जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा चरिकोटमा तीन दिने लेखा व्यवस्थापन तालिम सुरु भएको हो । तालिममा पालिकाभित्र रहेका सहकारी संस्थाका व्यवस्थापक र लेखा कर्मचारीसहित २० जनाको सहभागिता रहेको छ । उहाँहरुलाई मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले प्रशिक्षण दिइरहनुभएको छ । तालिमको उद्घाटन समारोहमा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष हेमन्त चौलागाईँ, संघका महासचिव कृष्ण प्रसाद दाहाल, नेपाल पत्रकार महासंघ दोलखाका सचिव दिल बहादुर केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
Be the first to comment on "लेखा व्यवस्थापन तालिम सुरु"