ईश्वर बिश्वकर्मा/राजकुमार भुजेल /चरीकोट, –प्रसिद्ध भीमेश्वर मन्दिरको समीप र गौरीशंकर हिमालको काखमा सुन्दर उद्यान देखेपछि मोहित नहुने सायदै होलान् । पछिल्लो समयमा भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा स्थित चम्पुजा उद्यानले आफूलाई थप सुन्दर बनाएर सबैलाई आकर्षित गरिरहेको छ । मन्दिर दर्शनका लागि दोलखा बजार पुग्नेहरु पार्कमा गएर त्यसलाई नजिकबाट नियाल्दै, लुकामारी खेल्दै, गौरीशंकर हिमालको हाँसो देखेर मुस्कुराउँछन् । शान्त र सुन्दर उद्यानमा रमाउन चाहनेहरुको रोजाइमा पर्न थालेको छ, चम्पुजा पार्क । चरिकोट बजारबाट करिब २० मिनेटमा मोटरको यात्रा पछि दोलखा बजार पुगिन्छ । भीमेश्वर मन्दिरबाट केही तल उद्यान रहेको छ । उक्त मन्दिर देखि पार्क सम्म ओरालो भएकोले खुट्किला सहितको पक्की बाटो निर्माण गरिएको छ । बाटोमा दुबैतर्फ फलामे रेलिङ लगाइएको छ । रेलिङमा लहरै घन्टा झुन्ड्याइएको छ । त्यो बाटो हुँदै गएपछि केहीबेरमै आकर्षक प्रवेशद्वारले पाहुनाको स्वागत गर्छ । पार्क प्रवेश गरेपछि त्यहाँको वातावरणको सामिप्यतामा रमाउँदा समय बितेको पत्तो हुँदैन। पार्कमा फुलबारी, धूपिको रुखले मनै फुरुङ्ग पार्छ । बालबालिकाको लागि खेल्न पिङ हालिएको छ । पार्कको बीच भागमा सानो पोखरीको बिच शिवजीको मुर्ति प्रतिस्थापन गरिएको छ । शिवाजीको टाउकोबाट जल धारो बग्छ । वरीपरी बस्ने ठाउँ निर्माण गरिएको छ । पार्कको अन्तिम विन्दुमा चट्टान मिलेर बसेको छ । मौसम खुलेको बेला चट्टान माथि बसेर हेर्दा हिमाल हाँसिरहेको र तामाकोशी नदी बगिरहेको देख्न सकिन्छ । चट्टान मुनी गुफा रहेको छ । गुफाले अझ महत्वपूर्ण र रमनिय बनेको छ उद्यान । पछिल्लो समय पार्कमा मनोरञ्जन लिनेहरुको संख्या बढ्न थालेको छ । भीमेश्वर मन्दिर नजिकै रहेकोले मन्दिर आउने दर्शनार्थीहरु दर्शन गरी पार्कमा जान थालेपछि चहलपहल बढेको हो । शनिबार पार्कमा भेटिनु भएका स्थानीय सन्जित तामाङले विषेशगरी बालबालिकाको लागि उद्यान बनाइएको भएपनि यसमा रमाउन आउनेहरु लक्षित समूह बाहेकका भन्दा अन्य समूह धेरै हुने गरेको बताउनुभयो । मन्दिर दर्शनका लागि आएका व्यक्तिहरु पार्कमा पनि पुग्छन् । दैनिक २०–२५ जना पार्कमा पुग्ने गरेका छन् । सबै उमेर समूहका व्यक्तिका लागि रमाउने उत्कृष्ट गन्तव्यको रुपमा सो उद्यान रहेकोले सबैलाई समय मिलाएर एकपटक आउन निम्तो गरिदिन उहाँले अनुरोध गर्नुभयो । “पार्कमा आएर खुसी लिएर फर्कनुहोस्“ उहाँले भन्नुभयो“ गुफा सहितको पार्कमा रम्नुको मज्जा छुट्टै हुन्छ ।“ कामको चाप, भीड र कोलाहलबाट निस्किएर केही छिनको लागि घुमेर रमाउनको लागि पार्क उपयुक्त थलो बनेको छ । सानुकान्छा श्रेष्ठले भन्नुभयो “थकान, निरास र दिक्दार अवस्थामा पार्क आए हुन्छ । यसको सुन्दरतालाई हेरर मनलाई केही बेर खुसी बनाऔं ।“ पार्कमा सुविधा सम्पन्न पिकनिक स्थल, शौचालय, खानेपानी आदिनको सुविधा उपलब्ध छ । चम्पूजा पार्कलाई व्यवस्थित र संरक्षण गर्ने कार्यमा स्थानीय सरकारको ध्यान केन्द्रित भएको छ । वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जँगलजस्तो स्थललाई पार्क निर्माण गरिएको र थप संरचना निर्माण गरी सुन्दर तथा व्यवस्थित बनाउन प्राथमिकता दिइएको बताउनुभयो । उहाँले पछिल्लो समयमा घुमफिरका पारखीहरुले पार्क भरिभराउ हुँदा अझ सुन्दर बनाउन आफूहरुलाई जोस र हौसला मिलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “ यो उद्यान नेवार समुदायको बिचमा रहेकोले पार्कमै नेवारी परिकार बनाएर पाहुनालाई खुवाउने सुविधा थप्ने योजना रहेको छ । त्यसैगरी अन्य संरचना थपेर मनमोहक बनाउन हामी लागिपरेका छौँ । “
आर्कषक चम्पुजा पार्क
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ४ फाल्गुन २०७८, बुधबार १७:१५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "आर्कषक चम्पुजा पार्क"