बुराम शर्मा /चरिकोट÷ –जैविक विविधताले युक्त जिल्लाकै गौरव एवमं पालिकाको पहिचान दिने ठूलो सम्पत्तिको रुपमा रहेको शैलुङको धार्मिक एवम पर्यटन प्रवद्र्धनका लागि शैलुङ गाउँपालिकाले विकासका बिभिन्न संरचनाहरु निर्माण गरेको छ । समुद्र सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको शैलुङ विकासका लागि कालापानीलाई बेस क्याम्प बनाई विभिन्न संरचना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनु भयो । उहाँका अनुसार शैलुङले बुद्धलाई नै परिचित गराएको छ । यसलाई मध्य नजर गरी बेस क्याम्पमा ७० लाख रुपियाँको लगानीमा २५ फिट अग्लो बुद्धको स्तुपा स्थापना गरिकिएको छ । यहीँ गुप्तेश्वर महादेवको मूर्ति पनि स्थापना गरिएको छ । पर्यटकका लागि सुविधा सम्पन्न ५० जना क्षमताको गोलघर निर्माण भएको छ । यातायात सुविधाका लागि ढुङगेबाट करिब चार करोड लगानीमा सोलिङ सहितको सडक स्तरोन्नति पनि गरिएको गाउँपालिकाका अध्यक्ष दुलालले जानकारी दिनु भयो । बेस क्याम्पमा जग्गा विकास गरी व्यक्तिलाई भाडामा दिइएको छ । जसबाट यहाँ साना ठुला गरी चार वटा होटल र एक रिसोर्ट सञ्चालनमा आएका पनि उहाँले बताउनु भयो । पर्यटक सुविधाका लागि यहाँ प्र्रतिक्षालय, सार्वजनिक शौचालय पनि निर्माण गरिएको पनि उहाँले जानकारी दिनु भयो । बहुवर्षीय योजनामा बेस क्याम्प कालापानीबाट शैलुङ पैदलबाट जान यो वर्ष पाँच करोड लगानीमा तीन मिटर फराकिलो,दुवैतर्फ वाल रहेको पाँच सय मिटरको मिनी ग्रेटवाल निर्मााणाधीन अवस्थामा रहेको अध्यक्ष दुलालले बताउनु भयो ।
शैलुङ डाँडासम्म आठ कलिोमिटर दुरीबाट विद्युत् लाइन पुयाइएको छ । पिउने पानीको व्यवस्था पनि गरिएको जानकारी दिँदै उहाँले भन्नु भयो, “वाइफाईको व्यवस्था मिलाइएको छ , आकर्षक बनाउन ठूलो घण्टी पनि जडान गरिएको छ । किम्बदती अनुसार शैलुङमा आफनो जीवनकालमा गौतम बुद्धले तपस्या गरेको ठाउँ भनिन्छ ,साङले लामाले यहीँ बसेर पूजापाठ गरेकाले साङगे लुङ भनिएको यो ठाउँ अपभ्रंशबाट शैलुङ नामाकरण भएको भनिन्छ ।”
Be the first to comment on "शैलुङको विकासको लागि विभिन्न संरचना निर्माण"