दीक्षण समाचार
चरिकोट, माघ २४
दोलखाको गौरीशंकर गाउँपालिकाले घुम्ति शिविर आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको छ । गाउँपालिकाका लक्षित वर्गलाई दोसो त्रैमासिक सामाजिक सुरक्षा भत्ता घुम्ति सेवा मार्फत गाउँमै दिइने भएको हो । सामाजिक सुरक्षा भत्ता लिन बैँक सम्म आउन असहज हुने भएकोले नागरिकको सहजताको लागि २६ गतेदेखि बैँकका कर्मचारी गाउँमै पुगेर भत्ता वितरण गर्ने गरी तयारी थालेको गाउँपालिकाले जनाएको छ । सामाजिक भत्ता वितरणलाई व्यवस्थित बनाउन गाउँपालिकाले यही वर्षको असोज देखि हिमालयन बैंक लिमिटेड गौरीशंकर शाखासँग सम्झौता गरी बैँकमार्फत भत्ता वितरणको सुरुवात गरेको थियो । भत्ता बुझ्न लाभग्राही आफैँ सक्कल नागरिकता र सामाजिक सुरक्षा परिचयपत्रसहित तोकिएको स्थानमा उपस्थित हुनुपर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले बताउनुभयो । २६ गते वडा नं. १ को कार्यालय, २७ गते वडा नं. २ को कार्यालय, २८ गते वडा नं. ३ को कार्यालय, पुस १ गते वडा नं. ५ को कार्यालय, पुस २ गते वडा नं. ४ को कार्यालय, पुस २ गते वडा नं. ५ को कार्यालय, ३ गते वडा नं. ६ को कार्यालय, ४ गते वडा नं. ७ कार्यालय, ५ गते वडा नं. ८ को कार्यालय, ६ गते वडा नं. ९ को कार्यालयमा भत्ता प्रदान हुने छ ।
Be the first to comment on "गौरीशंकर गाउँपालिकाले गाउँमै भत्ता वितरण गर्ने"