दोलखामा आज ५९ जनामा संक्रमण, २ जना अस्पताल भर्ना

दीक्षण समाचार
चरिकोट, माघ १२
दोलखामा बुधबार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएका छ। ९८ जनाको नमूना स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चरिकोट अस्पतालमा रहेको पीसीआर प्रयोगशालामा १८ जनाको नमूना स्वाब परीक्षण गर्दा ४ जना र पालिकाहरुमा ८० जनाको एन्टिजेन परिक्षण गरिएकोमा ५५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । जसमा कालिन्चोक गाउँपालिकाका ३ पुरुष २ महिला, भिमेश्वर नगरपालिकाका ११ महिला ७ पुरुष, गौरीशंकर गाउँपालिकाका १ पुरुष, तामाकोशी गाउँपालिकाका ८ पुरुष र ३ महिला, बैतेश्वर गाउँपालिकाका ६ पुरुष र ७ महिला, शैलुङ गाउँपालिकाका १ पुरुष, जिरी नगरपालिका ५ पुरुष र ५ महिला रहेका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ३८ पुगको छ । ती मध्ये २ सय ३६ जना होम आइसोलेसनमा रहेका छन्, भने भीमेश्वर नगरपालिकाका २ जना अस्पताल भर्ना भएको कार्यालय प्रमुख अर्जुन पौडेलले बताउनुभयो ।
४६ जना संक्रमण मुक्त
बुधबार ४६ जना संक्रमण मुक्त भएका छन् । जसमा जिरी नगरपालिकाका १६ पुरुष र १३ महिला, भीमेश्वर नगरपालिकाका ३ पुरुष र २ महिला, तामाकोशी गाउँपालिकाका २ पुरुष ४ महिला, शैलुङ गाउँपालिकाका २ पुरुष २ महिला, वैतेश्वर गाउँपालिकाका १ पुरुष १ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा आज ५९ जनामा संक्रमण, २ जना अस्पताल भर्ना"

Leave a comment

Your email address will not be published.


*