दीक्षण समाचार
चरिकोट, माघ १०
दोलखामा सोमबार १८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालयले जनाएको छ । पालिकाहरुमा २७ जनाको एन्टीजेन प्रविधिबाट नमुना स्वाबको परिक्षण गरिएकोमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा कालिन्चोक गाउँपालिकाका २ पुरुष, भिमेश्वर नगरपालिकाका ४ महिला ५ पुरुष, जिरी नगरपालिकाका १ पुरुष ३ महिला, गौरीशंकर गाउँपालिकाका २ पुरुष, मेलुङ गाउँपालिका १ पुरुष रहेका छन् । योसगैँ जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ सय ८१ पुगेको छ । जिल्लामा तेस्रो लहरमा दैनिक संक्रमतिको संख्या ह्वात्तै बढेको छ। स्वास्थ्यको मापदण्डलाई कडाईका साथ पालना गर्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । सक्रिय संक्रमित सबैको अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेका छन् । जिल्लामा संक्रमित थपिने क्रम बढ्दै गएको बेला निको हुनेको संख्या भने कम रहेको छ ।
Be the first to comment on "दोलखामा १८ जना संक्रमण पुष्टि"