अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण

दीक्षण समाचार
चरिकोट, पुस २९
दोलखाको बिगु गाउँपालिकाका १२ जना अपाङ्गता भएका व्यक्तिहरूलाई बुधबार सहायक सामग्री वितरण गरिएको छ ।  अपाङ्गता तथा दृष्टिविहीन समुदाय सेवा संघ र ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेशनकाे साझेदारीमा संचालित परियोजना अन्तर्गत गाउँपालिकाकाे समन्वयमा सहायक सामग्री वितरण गरेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरकुमार खड्काले वडा नम्बर ४ सिङ्गटीमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको जाँच गरी आवश्यक सहयोग सामग्रीहरूको पहिचान तथा वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा २४ जना शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो । ती मध्ये एक जनालाई ह्वीलचियर, ६ जनालाई सपोटेड स्टिक, चार जनालाई बेल्ट र एक जनालाई घुँडामा प्रयोग हुने सामग्री वितरण गरिएको हो । “सहायक सामग्रीको आवश्यकता पर्ने व्यक्तिहरूलाई सोही अनुरूपको सामाग्री वितरण गरिएको हो । यसले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा थोरै भएपनि परिवर्तनको लागि सहयोग पुग्नुका साथै जीवनयापनमा सहज हुने छ ।” निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले सुनाउनुभयो । कार्यक्रममा उपस्थित हुन नसकेका अपाङ्गता भएका नागरिकलाई वडा स्तरमा पुगेर गाउँपालिकाको तर्फबाट सहायक सामाग्री वितरण गरिने उहाँले बताउनुभयो । कुन व्यक्तिलाई कस्तो किसिमको सामग्री आवश्यक पर्छ । जसले उनीहरूको जीवनशैली सहज बन्छ । सोको पहिचान चिकित्सक तथा प्राविधिकद्वारा गरी सहायक सामग्री वितरण गरिने उहाँले सुनाउनुभयो । गाउँपालिकामा अपाङ्गता भएका नागरिकलाई सहयाक सामग्री वितरणको लागि बागमती प्रदेश सरकारबाट तीन लाख रुपैयाँ प्राप्त भएको छ । गाउँपालिकाले त्यसमा रकम थप्ने उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण"

Leave a comment

Your email address will not be published.


*