दीक्षण समाचार
चरिकोट, पुस २४
दोलखाको सदरमुकाम चरिकोटमा दिगो विकासको लागि शिक्षा सम्बन्धी क्रियाकलापको प्रवर्द्धन विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयको आयोजना र शिक्षा विकास तथा समन्वय इकाई दोलखाको समन्वयमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी र सञ्चारकर्मी सहित विभिन्न क्षेत्रमा आबद्ध २७ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सचिवालयका प्राविधिक अधिकृत उषा पोखरेल, भीमेश्वर नगरपालिकाको शिक्षा शाखाका सुन्दर खड्का, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठ, कुटीडाँडा माविका प्रधानाध्यापक शंकरलाल श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले दिगो विकासको सम्पुर्ण लक्ष्य प्राप्तिका लागि समतामूलक र गुणस्तरीय शिक्षा अनिवार्य रहेको रहेको बताउनुभयो । कार्यक्रममा मेलुङ गाउँपालिका–३ का वडाध्यक्ष एवं पालिका प्रवक्ता हिरा थोकर, पत्रकार महासंघ दोलखाका अध्यक्ष दीप शंकर चौलागाईं, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्ण प्रसाद भण्डारी, सुनिता नेपाली, वन्दना मंग्राती लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
Be the first to comment on "अन्तरक्रिया कार्यक्रम सम्पन्न"