बाबुराम शर्मा /चरिकोट – दोलखाको सदरमुकाम चरिकोट स्थितको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिले उद्यम प्रवद्र्धनका लागि प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत स्थानीय जुत्ता उद्योगलाई स्क्याविन मेसिन प्रदान गरेको छ । भीमेश्वर नगरपालिका–३ चरिकोट बजारमा सञ्चालित गौरीशङकर छाला तथा जुत्ता उद्योगलाई गुणस्तर तथा ब्रान्डेड जुत्ता उत्पादनका लागि आवश्यक पर्ने यो मेसिन प्रदान गरिएको साकोसका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले जानकारी दिनु भयो । सहकारीको सामाजिक उत्तरदायित्व अनुसार सेयर सदस्य भएकाले ५० प्रतिशत सहकारी र ५० प्रतिशत उद्योगको लगानीमा ४८ हजार रुपियाँमा यो मेसिन खरिद गरिएको हो । उद्योग समृद्धिका लागि आवश्यक ऋण सुलभ व्याजमा पनि दिन लागिएको छ । उहाँले भन्नु भयो, स्थानीय स्तरमै गुणस्तर एवम ब्रान्डेड जुत्ता उत्पादन गर्न दक्ष जनशत्तिका लागि तालिम प्रदान गर्न पनि लागिएको छ । माग भए बमोजिमका जनशक्तिलाई तालिम सहकारीले दिने सहमति भएको छ । उत्पादन खपतका लागि सहकारीले प्रचार प्रसारका लागि यहाँ हुने हरेक मेला पर्वमा समेत स्टलको व्यवस्था गरिदिने सहमति पनि भएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत बस्नेतले भन्नु भयो, सबै सेयर सदस्य र बाल बचतकर्तालाई १२ प्रतिशत छुटमा जुत्ता उपलब्ध गराउने पनि सहमति भएको छ । यी आपसी सहयोगले उद्योगको प्रवद्र्धन हुने विश्वास सहकारीले लिएको छ । उद्योग सञ्चालक कुमार बयलकोटी सहकारीले गरेको सहयोगको प्रशंसा गर्दै गुणस्तर उत्पादन खपत हुन लागेकोमा खुसी हुनु हुन्छ । उहाँले भन्नु भयो, दोलखामा यो मेसिन भित्रिएको पहिलो हो । हातले गर्दै आएको गारो काम अब मेसिनबाट छिटोछरितो हुन लागेकोमा खुसी छु । उद्योगमा २० लाख रुपियाँ लगानी भएको छ । चारजनाले रोजगारी पाएका छन् । होलसेलबाहेक दैनिक आठ÷दश हजारको जुत्ता बिक्री हुन्छ । तीन÷चार सहकारीमा दैनिक बचत हुन्छ । अब बढ्छ भन्ने लागेको छ ।
Be the first to comment on "जनकल्याण साकोसले स्थानीय उद्योगलाई सहयोग गर्ने"