दीक्षण समाचार/ चरिकोट, – अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिंगटीबाट पनि कारोबार शुभारम्भ गरेको छ । दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको सो संस्थाले आफ्नो सेवा विस्तार गर्ने क्रममा विगु गाउँपालिका–४ सिंगटीमा सेवा केन्द्र स्थापना गरी कारोबार सुरु गरेको हो । सोमबार जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईँले रिबन काटी सो सेवा केन्द्रको उद्घाटन गर्नुभयो । चरिकोटबाट सेवा दिदैँ आएको सहकारीले उत्तरी क्षेत्रका नागरिकलाई लक्षित गरी वित्तीय पहुँच अभिवृद्धिका साथै आर्थिक जीवन सुदृढीकरणको लागि आफ्नो सेवा सिंगटीबाट प्रवाह गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । साकोसका अध्यक्ष कृष्णप्रसाद दाहालले उत्तरी भेगका जनताको जीवनस्तरको विकास गर्न सहकारीको सेवा केन्द्रको स्थापना गरिएको सुनाउनुभयो । सेवा केन्द्र उद्घाटन समारोहमा मिलीजुली कालिञ्चोक साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश्वर श्रेष्ठ, साकोसका सचिव तारानाथ चौलागाईँ, सहसचिव ध्रुव सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सिंगटीमा पुग्यो अर्थभुमि
TOPICS:सहकारी
Posted By: दीक्षण दैनिक २१ पुष २०७८, बुधबार १९:४५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "सिंगटीमा पुग्यो अर्थभुमि"