दोलखामा धान उत्पादन घट्याे

दीक्षण समाचार /चरिकोट,  –दोलखामा गत वर्षको तुलनामा यो बर्ष धान  उत्पादन कम भएको छ । गत वर्ष जिल्लामा आठ हजार २ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो वर्ष सात हजार १ सय ६५ मेट्रिक टन धान उत्पादन भएको हो । गत वर्षको तुलनामा एक हजार १ सय ३० मेट्रिक टन घटेको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ । यो वर्ष पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको र जनशक्तिको पर्याप्तताले समयमै रोपाइँ भएको थियो । तर धान फुल्ने बेलामा भएको निरन्तरको वर्षाले जिल्लाको तीन सय ४५ दशमलव ९८ हेक्टर क्षेत्रफलको धान बालीमा क्षति गरेको ग¥यो । त्यसैगरी हाइब्रीड धान लगाउँदा तथा बाला र बोट सुक्ने समस्याका कारण धान उत्पादनमा गिरावट भएको सम्पर्क कार्यालय प्रमुख नन्दराज ओलीले बताउनुभयो । जिल्लामा दुई हजार ९ सय १ हेक्टर क्षेत्रफल धान खेती योग्य जमिन रहेको छ । विषेशगरी बैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकाको तल्लो भूभागमा अन्य पालिकाको तुलनामा धेरै परिमाणमा धान उत्पादन हुन्छ ।

Shares

Be the first to comment on "दोलखामा धान उत्पादन घट्याे"

Leave a comment

Your email address will not be published.


*