तिमिलाई जुन मन पर्छ टिपेर जाउ

सुवासचन्द्र ढुङ्गेल

दिल फुलबारी हो ,आउ घुमेर जाउ ।
तिमिलाई जुन मन पर्छ टिपेर जाउ ।

हृदयले तिम्रै मात्र नाम सम्झी(रहन्छ
नपत्याउ आउ ढुकढुकी सुनेर जाउ ।

तिमिलाई हास्नुपर्दा,(काम आउनेछ
दुखको कथा लेखेको छु पढेर जाउ ।

बृद्धआश्रम पुगेर आमाले भन्नुभयो
छोरा थोरै खर्च छ मसग लिएर जाउ ।

आँसु त कति बग्छ बग्छ जिन्दगीमा
जाने बेला एकपटक त हासेर जाउ ।

बैतेश्वर(७,दोलखा

Shares

Be the first to comment on "तिमिलाई जुन मन पर्छ टिपेर जाउ"

Leave a comment

Your email address will not be published.


*