दीक्षण समाचार
चरिकोट, पुस ४
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, जिल्ला समिति दोलखा १३ औँ अधिवेशन सम्पन्न भएको छ । चरिकोटमा सम्पन्न अधिवेशनले सञ्जयकुमार खड्काको अध्यक्षतामा तीन वर्षको लागि नयाँ कार्य समिति चयन गरिएको छ । उपाध्यक्षमा किशोर दाहाल, महिला उपाध्यक्षमा विमला गौतम, कोषाध्यक्षमा प्रेमप्रसाद न्यौपाने, सहकोषाध्यक्षमा अम्बिका कार्की, सचिवमा विदुर सापकोटा र सहसविचमा तुलसी थामी चयन हुनुभएको छ ।
महिला सदस्य करुणा खड्का र अञ्जना सुवेदी, भूगोलतर्फ सदस्यमा केदारप्रसाद दाहाल, अमृत कार्की, दिपककुमार तामाङ, नेपालजित तामाङ, राजन खड्का, देवीबहादुर कार्की, दावा लामा तामाङ, रविन लामा, अर्जुन गौतम रहनुभएको छ । सदस्य महिला भूगोलतर्फ शुशिला न्यौपाने, कल्पना खड्का, सरिता खड्का, समावेशी सदस्य महिला लक्ष्मी भूजेल, समावेशी सदस्य महेश खाती रहनुभएको छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा शंकरलाल श्रेष्ठ, पदमबहादुर जिरेल, बालकुमार गिरी, केदार रिमाल र महिलातर्फ राधा बस्नेत चुनिनुभएको छ ।
Be the first to comment on "नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखामा नयाँ नेतृत्व"