वाग्मती, २८ मङ्सिर (रासस) :वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यो विस्तारसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । पाण्डेले आज पाँच मन्त्री र एक राज्यमन्त्री थप गर्नुभएको हो । गठबन्धनमा रहेका दलमध्ये पाण्डेले नेकपा (माओवादी केन्द्र) का तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट दुई मन्त्री नियुक्त गर्नुभएको हो । पाण्डेले नेकपा (माओवादी) का तर्फबाट प्रदेशसभा सदस्य घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायातमन्त्री, विशाल खड्कालाई वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गर्नुभएको छ भने एकीकृत समाजवादीका वसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपछीमन्त्री र इन्द्रमाया गुरुङलाई कृषि तथा पशुपछी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई र मुख्यमन्त्री पाण्डेले राज्यमन्त्रीलाई सपथ ग्रहण गराउनुभएको हो । –––
वाग्मती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री र एक राज्यमन्त्रीको सपथ ग्रहण
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २८ मंसिर २०७८, मंगलवार २०:०८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "वाग्मती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री र एक राज्यमन्त्रीको सपथ ग्रहण"