भीमेश्वर नगरपालिका ७ मा फुर्वालाखाङ्ग गुम्बा निर्माण कार्य सुरु

Sketch of small monastery with praying flags and small stupa surrounded by trees on background of mountains, Hand drawn vector linear illustration. Nepal Himalayas

चरीकोट, २० मङसिर (रासस)ः दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा नगरपालिकाकै ठूलो फुर्वालाखाङग गुम्बा निर्माण सुरु भएको छ । विसं २०७२ मा गएको गोर्खा भूकम्पले भत्केको मकैबारीस्थित लामाटोलमा रहेको सयौंवर्ष पुरानो फुर्वालाखाङ गुम्बाको पुनः निर्माण सुरु गरिएको हो । पर्यटन विकास आयोजना वाग्मती प्रदेश सरकारको रु दुई करोड ६५ लाखको लगानीमा पक्की गुम्बा निर्माण गर्न लागिएको हो ।
नगरपालिकाकै सभ्यतासँग जोडिएको फुर्वालाखाङग गुम्बा १८ महिनामा सम्पन्न गरी सक्ने लक्ष्य छ । अठार महिनामा काम सम्पन्न गर्ने गरी तिरुपाते निर्माण कम्पनीले निमाणको जिम्मा पाएकामा १४ महिनाभित्रै निर्माण सम्पन्न गरी हस्ताणरण गरिने कम्पनीका प्रोपाइटर सुदम कार्कीले बताउनुभयो । गोर्खा भूकम्पले ढलेको सयौँ वर्ष पुरानो गुम्बा लगानी अभावको कारण पुनःनिर्माण हुनसकेको थिएन । नगरपालिकाको समन्वयमा निर्माण गरिन लागेको उक्त भवन ऐतिहासिक सम्पदा रहेको र त्यसको समयमानै पुनःनिर्माण गर्नको लागि प्रत्यक्ष रुपमा निगरानी गरिने नगर प्रमुख भरत केसीले बताउनुभयो । गुम्बा सयौं वर्ष पहिलेदेखि भए पनि २५ वर्षअघि मात्र दर्ता गरिएको थियो ।
पुनःनिर्माण प्राधिकरणका अनुसार भूकम्पले भत्केका गुम्बा पुनःनिर्माण गर्नका लागि दर्ता भएको एक सयवर्ष पूरा भएको हुनुपर्ने भएका कारण निर्माण हुनसकेको थिएन । सयौँ वर्ष पुरानो भए पनि पुनःनिर्माण प्राधिकरणअन्तर्गत गुुम्बा निर्माण हुन नसकेपछि नगरपालिकाको समन्वयमा पर्यटन विकास आयोजनाले रु दुई करोड ६५ लाख रकम विनियोजन गरेको थियो ।
वौद्ध धर्मलम्वीको आस्थाको प्रतिक गुम्बा निर्माण हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन् । नगरपालिका विभिन्न वडाका भक्तजनले पूजा गर्दै आएको धेरै पुरानो गुम्बा कागजी प्रकिया नमिलेका कारण पुनःनिर्माण हुनबाट वञ्चित बनेसँगै गुम्बा निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएको स्थानीयवासी विनोद तामाङले बताउनुभयो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिका ७ मा फुर्वालाखाङ्ग गुम्बा निर्माण कार्य सुरु"

Leave a comment

Your email address will not be published.


*